अबको प्राथमिकता कृषी उत्पादन, तर कसरी गर्ने ?


नेपालगन्ज १ जेठ :  बैजनाथ गाउँपालिका वडा–६ स्थित मोर्डन त्रिशक्ति एग्रो फार्ममा लटरम्म तरकारी फलेको छ ।

१ बिघा जग्गामा बेमौसमी तथा मौसमी तरकारी उत्पादन गरिरहेका कृषक हुन नेपालगन्जस्थित सहकारी अभियानता बिष्णु खनाल । उनले नौ वटा टनेल र खुल्ला रुपमा समेत लौका, टमाटर र काँक्रा उत्पादन गर्दै आएका छन् ।

एक वर्ष अघिदेखि उनले यो काम शुरु गरेका हुन ।

‘अब जे छ कृषीमै छ । सबैलाई प्रेरित गर्नका लागि तरकारी उत्पादन शुरु गरेको हुँ ।’– खनालले भने । उक्त फार्ममा आधुनिक प्रविधि अन्र्तगत नौ वटा भेन्टिलेटेड पोलीहाउस निर्माण गरिएको छ ।

करेला, टमाटर र काक्रो गरी वार्षिक ५ सय ९० कुईण्टल तारा र गुणस्तरीय तरकारी उत्पादन गर्ने लक्ष्य छ । र्फमा २ जना व्यक्ति स्वरोजगार भएका छन् । हेर्नुहोस् खनालले व्यक्त गर्नुभएको कृषी क्षेत्रको समस्या र समाधानका उपाय –

गर्न पर्ने कार्य
-कृषि कार्यको अपरिहार्य रहेको
-कोरोनाको कारण सृजित समस्याको समाधान पनि कृषि व्यवसाय भएको
– कृषिलाई व्यवसायीक करण गर्न सरकारले विउँविजन, मल, औषधि जस्ता बिषयमाअनुदानको व्यबस्थागर्नु पर्ने
– उत्पादनको मात्राको आधारमाअनुदानदिनु पर्ने ।
– खेतबारीमा प्राबिधिकको सघन हेरचाह तथा अनुगमन
– बजारीकरण समर्थन मुल्यतोकी, बिक्रि हुन नसकेको कृषि उत्पादन सरकारले खरिद गर्ने ।

मुख्य समस्याहरु

– कृषि  प्राबिधिकगाउपालिकामा उपलब्ध भए पनि अहिले सम्म फर्ममा कुनै पनि प्राविधिक नआएको, यति ठुलो लगानीमा संचालित फर्ममा नआए पछि अनेत्र काहाँ गए होलान प्राबिधिक?
– कृषि बिकास कार्यालयले पहिले कृषको रेकड राखि किसानहरुका समस्याको बारेमा सुझाव दिने भएता पनि कृषि कार्यालय विस्थापन भई सके पछि त्यसको सबै जन शक्तिको विचलन वा  अन्यमन्त्रालयमा गई सके पछि अहिले स्थापनाभ एको कृषि ज्ञान केन्द्रले पहिलेको अबस्थामा जस्तो प्रभावकारी कार्य गर्न सकिरहेको छैन ।

प्रकाशित मितिः     १ जेष्ठ २०७७, बिहीबार ११:०६  |