भेरी अस्पतालबाट हुने कोराना परीक्षण थप गुणस्तरीय र बिश्वसनिय प्रमाणित–डा. थापा


नेपालगन्ज १ जेठ : भेरी अस्पतालमा भइरहेको कोरोना परीक्षणमा कुनै शंका नगर्नुपर्ने भएको छ ।

अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका पोजिटिभ देखिएका स्वाबको नतिजा एउटै आएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।

उनले भने,–‘गुणस्तर मापनका लागि केही नमूना पठाएका थियौं । त्यहाँको नतिजा र हाम्रो नतिजा एउटै आएको छ । त्यसैले हाम्रो नतिजामा ढुक्क हुने अवस्था रह्यो ।’

प्रकाशित मितिः     १ जेष्ठ २०७७, बिहीबार १४:४०  |