नरैनापुरका नयाँ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए- मुख्यमन्त्री पोखरेल


बाँके २ जेठ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको नरैनापुरमा शुक्रवार थपिएका कोरोना संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको बताएका छन् ।

नयाँ संक्रमित थपिएपछि सामाजिक सन्जालमा लेख्दै मुख्यमन्त्री पोखरेलले भारतीय रेलयात्रा असुरक्षित समेत बनेको उल्लेख गरे । केही दिन अघि भारतले रेल सन्चालन गर्न अनुमति दिएपछि सोही रेल चढेर धेरै नेपाली सीमासम्म आएको अनुमान गरिएको छ । क्वारेन्टाइनमा अझै ३ सय बढि छन् ।

उनीहरु मध्ये ४५ जनाको स्वाब परीक्षण गरिएकोमा आठ जनालाई संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार भेरी अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु नरैनापुर गाउँपालिका वडा नंं. १, ३ र ५ का रहेका छन् । यसअघि नेपालगन्जमा २५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

८ जना थपिएसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, थपिएका नयाँ संक्रमितलाई खजुरास्थित आइसोलेशन बिशेष अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

शुक्रवार नै नै मकवानपुरमा समेत एक जनामा पुष्टि भएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण

प्रकाशित मितिः     २ जेष्ठ २०७७, शुक्रबार ०९:१४  |