सरकारले आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् ।
नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने उल्लेख छ ।
कोरोना भाइरस (कोभिड–१९) ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनरुत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने उनले बताइन् ।
आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने राष्ट्रपतिले बताइन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण वैदेशिक सहयोगमा कमी आउने अनुमान गर्दै उनले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई अधिक प्राथमिकता दिने तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित रहने बताइन् ।
कोरोना महामारीसँग लड्नुपरेको अहिलेको विषम परिस्थितिमा मुलुकको समग्र अर्थतन्त्रको उत्थानका लागि कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, औद्योगिक विकास तथा उत्पादकत्व वृद्धि, राष्ट्रिय गौरवका आयोजनाको तोकिएको समय र लागतमा सम्पन्न गरिने तथा अन्य आयोजनको पुनः प्राथमिकीकरण गरेर अघि बढ्ने नीति अवलम्बन गरिने उनले बताइन् ।
नीति तथा कार्यक्रममा के-के छ ? पढ्नुहोस् यी समाचारहरु
संघीय संसद् भवन तीन वर्षभित्र सम्पन्न गरिने
नागढुङ्गा–नौबिसे सुरुङमार्गको एक किलोमिटर खण्ड यसै वर्ष बन्ने
पुर्व–पश्चिम राजमार्ग चार लेनको बनाइने
चोभारमा रहेको सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु हुने
वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने
चोभारमा रहेको सुख्खा बन्दरगाहा दुई वर्ष भित्र सञ्चालनमा ल्याइने
वैदेशिक रोजगारीमा जानेलाई सामाजिक सुरक्षा योजनामा समेटिने
नेपाल ( भारत पारवहन तथा बाणिज्य सन्धी पुनरावलोकन गरी नेपाली बस्तुको निर्यात गरिने
नवलपरासीको धौवादी फलामखानी आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याइने
सबै प्रदेशमा खाद्य बचत घर निर्माण गरी खाद्यान्न बचत गरिने
सडक किनारका खाली जमिनमा अब फलफुल लगाइने
जमिन बाँझो राख्न नपाइने
प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकिने
सबै ठुला सडक नजिक ट्रमा सेन्टर
राष्ट्रपतिको सम्बोधनमा यसपटक हट्यो ‘मेरो सरकार’, भनिँदै छ ‘यस सरकार’
सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने
‘चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश’ अभियान सञ्चालन गरिने
देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने
आगामी आर्थिक वर्षभित्र साक्षर नेपाल घोषणा गरिने
तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमामा समेटिने
अञ्चल अस्पताललाई दुई सय शैयाको बनाइने
कोभिड १९ मुक्त राष्ट्र बनाउने राष्ट्रपति भण्डारीको घोषणा
समृद्ध नेपाल सुखी नेपालीमा सरकार थप दृढ
फजुल खर्च रोक्ने र आयोजनाहरू समयमै सक्ने सरकारी नीति
नीति तथा कार्यक्रम स् तुइन प्रतिस्थापन गर्ने सरकारको प्रतिबद्धता पूरा
सरकार गठनको दुई वर्षमा उत्साहजनक सफलता– राष्ट्रपति भण्डारी