कोभिड–१९ विशेष कृषि कार्यक्रममा बाँकेलाई समेट्न कृषकको माग


नेपालगन्ज ५ जेठ : प्रदेश ५ मा सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्दा बाँकेलाई विभेद गरेको यहाका कृषि बस्तु उत्पादन तथा प्रशोधन गर्ने कृषकहरुले गुनासो गरेका छन् । जेठ १ गते बसेको प्रदेश मन्त्रिपरिषद वैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ ।

उक्त कार्यक्रम बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा,दाङ्ग, पाल्पा, अर्घाखाँची लगायतका जिल्लामा बिभिन्न उत्पादनमुलक काममा अनुदान दिने भनिएको छ । त्यसरी कार्यक्रम दिँदा बाँके जस्ता उत्पादनमुखी जिल्लालाई छुटाइएको कृृषि बस्तु उत्पादन प्रशोधन संघ बाँकेका अध्यक्ष बिष्णु खनालले बताए ।

तराईका जिल्लाहरु बाँके बर्दिया, कपिल्बस्तु लगाएतका जिल्लाहरुबाट अत्यधीक उत्पादनका साथै नजिकको सिमा नाकाबाट तरकारी लगाएतका कृषि बस्तुको कानुनी तथा गैर कानुनी तबरबाट आयात हुदा भोग्नु परेको समस्या जस्ता बिषयहरु झेलिरहेका छन् । प्रदेश नं ५ अन्तरगत पर्ने तराईका जिल्लाहरुमा कुनै प्रकारको संभाब्य कृषि उत्पादनको क्षेत्र नदेख्नु र संचालनमा रहेका कृषि व्यवसायीहरुको समस्यालाई नबुझनु त्रुटि भएको खनालले बताए ।

कृषिव्यवसायीको हितको लागि समानुपातिक जोखिम तथा नोक्सानीको प्रक्षेपण सहित कोभिड १९ कृषिकार्यक्रममा छुटेका क्षेत्र र जिल्लाहरुलाई समेट्न आग्रह गरिएको छ ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७७, सोमबार ११:४६  |