संक्रमितसंग खेलाची


बाँके ६ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार एकैदिन कोरोना संक्रमित भेटिएका ५९ जनालाई थप उपचारका लागि कोरोना बिशेष अस्पतालमा लगिएको छैन् ।

सोमवार दिउँसो नै उनीहरु संक्रमित भएको पत्ता लागेपछि कहाँ लैजाने भन्नेमा विवाद उत्पन्न भएको छ ।

जिल्लास्थित बिपद् व्यवस्थापन समितिले नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर स्वास्थ्यचौकीलाई आइशोलेसन बनाएर त्यही उपचार गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि बिभिन्न अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

तर बिजुली लगायत आधारभुत स्वास्थ्य सेवा नभएको ठाउँमा आइसोलेशन बनाउँदा संक्रमितको ज्यान जोखिममा हुन सक्ने भन्दै स्थानीयस्तरबाट उक्त निर्णयको बिरोध भएको भयो ।

पुन संक्रमितलाई नेपालगन्ज ल्याउने तयारी भइरहेको छ । कोरोना जस्तो गम्भीर विषयमा समेत सरोकारावाला निकायबीच तारतम्मे मिलेको छैन । उनीहरुले संक्रमितसंग खेलाची गरेका छन् ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७७, मंगलवार १२:१५  |