खजुरामा पहिलो पटक एक जनामा कोरोना संक्रमण देखियो, नरैनापुरमा ५ जना नयाँ थपिए


बाँके ७ जेठ : बाँकेमा ६ जना कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका -५ का २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

अब कोरोमा संक्रमितको संख्या नेपालमा ४२७ पुगेको छ । बाँकेमात्र ९९ सय जनामा संक्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, जेष्ठ ५ गते खजुराबाट लिएको ३ स्याम्पल बाट १ जना र नरैनापुर ५, नमूना प्राबी मोतिपुरबाट संकलन गरिएको ९६ नमूनामा ५ गरि ६ पोजेटिभ देखिएको हो ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७७, बुधबार १६:३१  |