जिभिएन कलेजले नृत्य र बक्तृत्वकला प्रतियोगिता गर्दै, घरमै बसेर प्रतिस्पर्धा गर्ने अवसर


नेपालगन्ज ८ जेठ : नेपालगन्ज–११ स्थित जिभिएन कलेजले ‘लकडाउन’मा घरमै बसिरहेका विद्यार्थीका लागि एकल नृत्य र बक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । अनलाइनका माध्यमबाट बिद्यार्थीहरुले घरमै बसेर यि दुई प्रतियोगितामा भाग लिन पाउँने छन् भने आर्कषक पुरस्कार राशी राखिएको कलेजका सिइओ गणेश भण्डारीले बताए ।

भण्डारीका अनुसार, एसइइका विद्यार्थीका लागि लक्षित गरी कोरोनाले विद्यार्थीमा पारेको असर र चुनौतीका विषयमा वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको छ । प्रथम पुरस्कार ६ हजार, द्धितीय ३ हजार र तृतीय १५ सय कायम गरिएको छ ।

प्रदेश नं. ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एसईई लक्षित विद्यार्थीले नृत्य वा वक्तित्वकला सम्बन्धी भिडियो जिभिएन कलेजको फेसबुक पेज वा युटुवमा शेयर गर्न सक्ने छन् । त्यसरी शेयर गरेको भिडियो निर्णायकहरुले घरमै बसेर अनलाइनकै माध्यमबाट बिजेता घोषणा गर्ने छन् । प्रतिस्पर्धीले कुनै पनि शुल्क तिर्न नपर्ने जिभिएनका सिइओ भण्डारीले बताए । यसरी प्रतियोगितामा सहभागिले जेठ १५ गतेसम्म बक्तृत्वकला र १० गतेसम्म नृत्यको भिडियो पठाउन सक्छन् ।

‘लकडाउनका कारण विद्यार्थीहरु मर्कामा छन् । यस्तो अवस्थामा पनि उनीहरुको प्रतिभालाई उजार गर्न यस्तो कार्यक्रम शुरु गरेका हौं ।’ भण्डारीले भने–‘आशा छ धेरै भन्दा धेरै सहभागि हुनुहुनै छ ।’

प्रकाशित मितिः     ८ जेष्ठ २०७७, बिहीबार ०९:०७  |