राष्ट्रिय बाणिज्य बैकद्धारा नेपालगन्जमा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामाग्री सहयोग


नेपालगन्ज ९ जेठ : राष्ट्रिय बाणिज्य बैक,५ नं प्रादेशिक कार्यालय नेपालगन्जले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके र वडा प्रहरी कार्यालय,फुलटेक्रा लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना संक्रमण रोकथाम सामाग्री हस्तान्तरण गरेको छ ।

प्रदेश प्रमुख आनन्द सुवेदीका अनुसार, कोरोना बिरुद्धको अग्रमोर्चामा काम गरिरहेकाहरुलाई सहयोग गरिएको हो ।

बैंकले प्रहरी र पत्रकारलाई एन ९५ मास्क, मेडिकल मास्क सेनिटाइजर, ग्लोब्स हस्तान्तरण गरिएको हो ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७७, शुक्रबार १३:०७  |