बाँकेमा आइसोलेशन र क्वारेन्टाइन सुधारको प्रतिवद्धता


नेपालगन्ज ९ जेठ : बाँकेमा रहेका क्वारेन्टाइन र आइसोलेशनमा देखिएका समस्या समाधान गर्दै लैजान तर्फ सरोकारावाल निकायले प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेको तर्फबाट सहकाय प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका तर्फबाट प्रमुख धिरजंग शाहले यस्तो बताएका हुन ।

प्रेस संगठन बाँकेले गरेको भर्चुअल मिट द् प्रेसमा पत्रकारहरुसंग बोल्दै उपाध्याय र शाहले आइसोलेशन र क्वारेन्टाइनमा कुनै समस्या भए सुधार गरिने स्पष्ट पारेका छन् । उनले जिल्लामा कोरोना बिरुद्ध काममा कुनै प्रकारका समस्या मिलेर समाधान गर्ने समेत बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले कोरोना नियन्त्रणका विषयमा सूचना सम्प्रेशनलाई सहजतापूर्वक लैजाने बताउँदै कोरोना नियन्त्रणका लागि जिल्लामा सजग र सचेत भएर लागिरहेको बताए । शाहले जिल्लाको आइसोलेशनमा रहेका संक्रमितको स्वास्थ्यको अवस्था सामान्य रहेको बताएका छन् ।

उनले स्वास्थ्य अवस्था सामान्य रहेपनि आफुहरु उनीहरुको स्वास्थ्य उपचार सचेत रहेको बताएका छन् । शाहले शुक्रवार संक्रमणमुक्त भएर घर फर्किएका कारण जिल्लामा कोरोना बिरुद्धको लडाईमा उत्साह थपिएको बताएका छन् । जिल्लामा सूचना सम्प्रेशन गनृ सहज होस् भनेर शुक्रवारदेसख प्रेस संगठनले मिट द प्रेस गर्न शुरु गरेको अध्यक्ष डक्ट धितालले जानकारी दिएका छन् ।

पत्रकारहरुले सरोकारावाला निकायलाई बाँकेमा जोखिम बढ्दै गएकाले पूर्वतयारी प्रभावकारीरुपमा गर्नका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७७, शुक्रबार १५:५३  |