नेपालगन्ज १३ जेठ : नेपालगन्ज १ धम्वोझीको एउटा एग्रोभेटलाई आवश्यकता भन्दा बढि मुनाफा लिएर धानको बिउँ बेच्ने एग्रोभेटलाई रु २ लाख जरिवाना तिराइएको छ ।
बजार अनुगमनका क्रममा धानको बिउँमा २५ देखि ५० प्रतिशतसम्म मुनाफा असुलेर विक्री वितरण गरेको पाइएपछि उक्त रकम जरिवाना तिराएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कारवाहीमा परेको एग्रोभेटले प्रति किलो २ सयमा खरिद गरेको धानको बिउँलाई ३ सयसम्म विक्री वितरण गरेको पाइएको थियो ।
यसरी मुनाफा आर्जन गर्नेलाई रु २ लाखदेखि ३ लाखसम्म जरिवाना गराउने कानुनी व्यवस्था रहेको छ ।
वाणिज्य प्रमुख पौडेलले धान रोप्ने समय रहेका कारण एग्रोभेटमा बजार अनुगमन तिव्र पारिएको बताए ।