आ.व २०७६/७७ मा प्रदेश ५ मा २ खर्ब २३ अर्व लगानी भित्रियो


नेपालगन्ज १४ जेठ :  प्रदेश नं. ५ मा आर्थिक वर्ष २०७६/०७७ को फागुण मसान्तसम्म रु २ खर्ब २३ अरव लगानी भित्रिएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, धेरै लगानी भित्रिने प्रदेशका रुपमा ५ न. प्रदेश पाँचौ नम्बरमा रहेको छ ।

यस अवधिमा देशभर रु २१ खर्ब १ अर्ब ४५ करोड ४६ लाख लगानी भित्रिएको थियो । जसमा ६ लाख १४ हजार ८ सय २७ जनालाई रोजगारी प्रदान गर्यो ।

लकडाउनका कारण यस वर्ष सरकारी र निजी क्षेत्रबाट लगानी घट्ने भएको छ । गत आवमा प्रचलित मूल्यमा १९ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ लगानी भएकामा चालु आवमा ३.४ प्रतिशत घट्ने सरकारी अनुमान छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ मात्रै चालु आवमा लगानी हुनेछ । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको संकुचनले कुल लगानी गत वर्षको तुलनामा न्यून हुने भएको हो,’ सर्वेक्षणमा भनिएको छ । ०७५र७६ मा पुँजी निर्माणमा हुने लगानी १९. २ प्रतिशतले वृद्धि भएको थियो ।

राष्ट्र बैंकले मंगलबार नै जनाएअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको वैशाखमा ३९ प्रतिशत कम रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष ७२ अर्ब रुपैयाँ आएको थियो भने हाल ४४ अर्ब रुपैयाँ मात्रै रेमिट्यास आएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार ०८:५३  |