धानको बिउँमा ५० प्रतिशतसम्म नाफा असुल्ने एग्रोभेटलाई २ लाख जरिवाना


नेपालगन्ज १३ जेठ :  नेपालगन्ज १ धम्वोझीको एउटा एग्रोभेटलाई आवश्यकता भन्दा बढि मुनाफा लिएर धानको बिउँ बेच्ने एग्रोभेटलाई रु २ लाख जरिवाना तिराइएको छ ।

बजार अनुगमनका क्रममा धानको बिउँमा २५ देखि ५० प्रतिशतसम्म मुनाफा असुलेर विक्री वितरण गरेको पाइएपछि उक्त रकम जरिवाना तिराएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कारवाहीमा परेको एग्रोभेटले प्रति किलो २ सयमा खरिद गरेको धानको बिउँलाई ३ सयसम्म विक्री वितरण गरेको पाइएको थियो ।

यसरी मुनाफा आर्जन गर्नेलाई रु २ लाखदेखि ३ लाखसम्म जरिवाना गराउने कानुनी व्यवस्था रहेको छ ।

वाणिज्य प्रमुख पौडेलले धान रोप्ने समय रहेका कारण एग्रोभेटमा बजार अनुगमन तिव्र पारिएको बताए ।

प्रकाशित मितिः     १३ जेष्ठ २०७७, मंगलवार २१:१४  |