घर फर्किएका नेपालीलाई जमुनाहमा घरेलु महासंघको राहात,थप सहयोगको अपील


नेपालगन्ज १४ जेठ : कोरोना महामारीमा भारतवाट जमुनाह नाका हुँदै आफ्नो घर फर्किने नेपालीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमि समिती जिल्ला शाखा बाँके र नेपालगन्ज उप महानगरपालिका महिला उद्यमि समिती को आयोजनारसहयोग तथा अनेरास्ववियू बाँकेको वितरण ब्यवस्थापन रहने गरि राहत वितरण शुरुवात गरिएको छ ।

गर्मी र भोकले काकाकुल भएकाहरुलाई सहयोग स्वरुप नास्ता प्याकिङ भएका खाजाहरु जस्तै चाउचाउ, बिस्कुट, दालमोठ, पाउरोटी र पानी वितरण गर्ने कायृ भइरहेको घरेलु तथा महासंघका महासचिव गिरिराज भुषालले बताए ।

उनले तत्कालको राहतले कोरोना विरुद्ध लड्न ठूलो आत्मविश्वास र मनोबल बढ्छ जस्ले गर्दा कोरोना महामारी जित्न सहयोग मिलने बताए ।

यो राहत वितरण कार्यक्रम लामो समय चलाउनु पर्ने आवश्यकता भएको हुनाले सबैको साथ सहयोग आवस्यक भएको भुषाल बताउँछन् ।

 

हामी सहयोगका लागि आह्वान गर्छौं तेस्ता महान दाताहरुलाइ जो यो देशका नागरिकको लागि दु:ख परेको बखत आफ्नो मन फराकिलो पारी गर्नुहुनेछ । सहयोगका लागी यो सुवर्ण अबसर पनि हो । हामी तापाइले दिन चाहेको सहयोग सकेसम्म वितरण हुने सामग्री मात्र संकलन गर्ने छौं नभए तपाइले नै बितरण गर्न चाहेको सामग्री तपाइकै नाममा बिल काटी तपाइको पैसा जिन्सिमा परिणत गर्नेछौं ।

बितरण सहयोग गर्न चाहनुहुनेहरुले नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमि समिती जिल्ला शाखा बाँके को कार्यालय र नेपालगन्ज महिला उद्यमि समिती तथा सम्पर्क ब्यक्तीहरु:

१) मधु कुमारी खड्का (अध्यक्ष- नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा, बाँके) सम्पर्क: 9858041133

२) जि. आर. भुसाल (माहासचिव-नेपाल घरेलु तथा साना उद्योग महासंघ, जिल्ला शाखा, बाँके) सम्पर्क: 9858038760

३) सुमित्रा चौधरी ( अध्यक्ष- महिला उद्यमि समिती, जिल्ला शाखा, बाँके) सम्पर्क: 9848020876

४) मिना डाँगि ( माहासचिव- महिला उद्यमि समिती, जिल्ला शाखा, बाँके) सम्पर्क: 9848099960

५) मिना ढकाल ( अध्यक्ष- नेपालगन्ज उपमहानगर पालिका महिला उद्यमि समिती) सम्पर्क: 9858028964 संग सम्पर्क गर्नुहुन अनुरोध छ । साथै सहयोगी मनहरुको धन्यवादकालागी हामी सामाजिक सन्जाल र मिडियाहरुमा नाम र सहयोगको बस्तु तथा मात्रा सहित प्रकाशन गर्ने जानकारी गाराउदछौं ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार १०:०४  |