प्रमोद धिताल बने भेरी अस्पतालको अध्यक्ष


नेपालगन्ज १४ जेठ : भेरी अस्पतालको अध्यक्षमा प्रमोद धिताल मनोनित भएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट धिताललाई अध्यक्ष मनोनित गरिएको हो ।

नेकपा बाँकेका प्रचार विभाग प्रमुख धितालले बाँकेको राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

विद्यार्थी राजनीतिबाट उदय भएका धितालले पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पतालको व्यवस्थापनको नेतृत्व गर्ने अवसर पाएका छन् । उनले अस्पताल सुधारमा गर्न सकिने काममा लाग्ने बताए ।

धितालको कार्यकाल तीन वर्षको हुने छ ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार १४:५६  |