भेरी अस्पतालको रुप फेर्न सक्छ यो टिमले !


नेपालगन्ज १४ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल व्यवस्थापन समितिले बाँकेको बिभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका अगुवालाई पाएको छ ।

नयाँ व्यवस्थापन समितिबाट अस्पताल सुधारमा आशा र अपेक्षा गरिएको छ ।

अध्यक्ष प्रमोद धिताल राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन ।

नेकपा बाँकेको कार्यालय सदस्य एवं प्रचार विभाग प्रमुख हुन । विद्यार्थी राजनीतिबाट उदय भएका धिताल अस्पतालको समस्या र समाधानका विषयमा जानकार छन् ।

अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्ीय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन ।

व्यवसायिकसंगै सामाजिक क्षेत्रमा समेत उनले अग्रणी भूमिका खेल्दै आएका छन् ।

स्वास्थ्यकर्मी समेत रहेका धनराम ओली अस्पतालको व्यवसथापनमा राम्रो दखल राख्छन् । त्यस्तै अधिकारकर्मी सरस्वती मल्ल बाँकेमा अग्रणी महिला हुन ।

प्रकाशित मितिः     १४ जेष्ठ २०७७, बुधबार १६:३१  |