नेपालगन्ज २४ जेठ : डा. नितेश कुमार कनोडिया र उनको टिमले दश दिनको अवधिमा जमुनाह नाका हुँदै घर फर्किएका १७ हजार ४ सय ३४ जना र धनगढीमा ९ हजार ४ सय ४१ गरी २६ हजार ८ सय ७५ जनालाई पानीदेखि भोजनसम्म गराएको छ ।
कनोडिया नेपालगंज मेडिकल कलेजका सह- निर्देशक हुन ।
उनी लगायतका उनका साथीहरुले सामाजिक कामका लागि खोलिएको फिल द बकेटका पनि सदस्य हुन् ।
डाक्टर कनौडियाकै पहलमा धनगढीको गौरीफन्टा नाकामा पुगेका नेपालीहरुलाई खाना पानी खुवाउने काम भईरहेको छ ।
सीमामा अलपत्र नेपालीहरुले खाना खान नपाएर भोकभोकै भएको अवस्थामा धनगढीका युवाहरुको समुह रोयल कोलाब्रोटिभ्सले खाना खुवाउँदै आएकोमा फिल द वकेट र नेपालगंज मेडिकल कलेजले पनि सहयोग थालेको छ ।
धनगढीको निसर्ग अस्पतालले रोयल कोलाब्रोटिभ्सलाई खाना खुवाउनका लागि सहयोग गर्दै आएको डाक्टर नितेश उनको टीम र नेपालगंज मेडिकल पनि जोडिएको हो ।
डाक्टर नितेश सहितको टीमले नेपालगंजको रुपडीया नाकामा पनि खाना पानी खुवाउँदै आएको थियो ।
भारतबाट फर्किने नेपालीहरुलाई लक्षित गरेर नेपालगन्जको जमुनाह नाकामा तयारी खाजा र पानी वितरण गरेर सकेपछि अब दोस्रो चरणको योजना बनाउँदै छन् ।
डा. कनौडिया भन्छन्–‘नेपाली दाजुभाईलाई सेवा गर्न पाउँदा निकै खुःसी लागेको छ । अब हामी नरैनापुरमा यस्तै कार्यक्रम गर्दैछौं । सहयोगीहरुलाई सहयोगको लागि अपील पनि गर्दछौं । ’
उनले आफ्नो जन्मदिनको अवसर पारेर थालेको सहयो गर्ने अभियान अन्तर्गत आउने नेपाली नागरिकलाई प्रति व्यक्ती एक बोतल पानी, चाउचाउ र बिस्कुट एक हप्तासम्म नियामित रुपमा दिएका छन् ।
खाद्य सामाग्री दिन उनी आफै सीमा नाकामा खटिदै आएका थिए । कनोडियाले यसअवधिमा सहयोग गर्ने युनिसेफ,रेडक्रस सोसाइटी,निइफ
काठमाण्डौ च्याप्टर, जिल्ला प्रशासन कार्यालय बाँकेलाई धन्यवाद दिएका छन् ।
यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्किने गरेका छन् । भोकै प्यासै घर फर्किनेलाई कनोडियाको सहायताले ठूलो राहात महसुस गराएको छ ।
कनोडियाले भने,- हाम्रो सानो सहायताले नेपाली दाजुभाईहरुको दुःखमा मलम लगाउने विश्वास लिएको छ । डाक्टर कनोडिया बाँकेको कोरोना विरुद्धको अभियानमा पनि उत्तिकै सक्रिय छन् ।
नेपालगंज मेडिकल कलेजका सह निर्देशक रहेका कनौडीया लगायत उनका साथीहरु सामाजिक कामका लागि २०१४ मा फिल द वकेटको सुरुवात गरेका हुन ।
यसमा कुनै पनि संघ संस्थाको नभएर साथीभाईहरुले दिएको सहयोगबाट सामाजिक काम गरिदै आएको छ ।
अहिले सीमामा पुगेका नेपालीहरुलाई सहयोग भईरहेकोमा यसअघि पनि अन्य समयमा पनि सहयोग गर्दै आएको डाक्टर कनौडियाले बताए । उनका अनुसार २०७२ सालको भुकम्पमा पनि उनीहरु सक्रिय रुपमा लागेका थिए ।