गाभर भ्यालीमा थपियो पूर्वाधार : बन्दै छ आर्कषक पोखरी, बोटिङ्गसम्मको योजना


नेपालगन्ज २५ जेठ : गाभर क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स गाभर पार्कमा बहुउदेश्यीय पानी पोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ ।

सिंचाई, माछा पालन र बोटिङको योजना सहित पोखरी निर्माण गरिएको लायन्स पार्क ब्यवस्थापन समितिका अध्यक्ष युवराज शाहले जानकारी दिए ।

पहिलो चरणमा ७० मिटर लम्बाईको पोखरी खनिएको र आगामी वर्ष पोखरीलाई विस्तार गरी पर्यटन मैत्री कृयाकलाप गरिने अध्यक्ष शाहले बताए ।

पोखरीसँग जोडिएर चुरे संरक्षणका लागि सन्देश प्रभाह गर्ने गरी चुरे पहाडको सांकेतिक स्वरुप बनाईने भन्दै पार्कका वातावरण मैत्री बिभिन्न पूर्वाधार विकासको लक्ष्य रहेको अध्यक्ष शाहले बताए ।

भू तथा जलाधार ब्यवस्थापन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा पोखरी निर्माण गरिएको हो ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार ०९:३४  |