बाँकेमा जिल्लाभर बृक्षारोपणको यस्तो छ तयारी


नेपालगन्ज २५ जेठ :  यो समय बृक्षारोपण गर्ने समय हो ।

नीजि तथा सार्वजनिक स्थलहरुमा धमाधम बृक्षारोपण कार्य शुरु भएको छ । जेष्ठ महिना देखि साउन महिना सम्म बृक्षारोपण गर्ने उपयुक्त मौसम मानिन्छ ।

बाँके जिल्लाका जनसमुदायलाई बिवतरण गर्नका लागि झण्डै ४ लाख बिभिन्न प्रजातीका बिरुवा वन डिभिजन कार्यालय बाँकेले उत्पादन गरेको कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए ।

बाँकेको नेपालगञ्ज, बैजापुर, महिमानपुर लगाएतको स्थानमा नर्सरी तयारी गरी जामुन, निम, हरलो, बरलो, बकाइनो, मसला, टिक, सागुन लगाएतका विरुवाहरु तयार गरिएको प्रमुख श्रष्ठले बताए ।

बृक्षा रोपण गर्न चाहने कृषकहरुलाई प्रति किसान १ हजार विरुवा सम्म उपलब्ध गराउन सकिने उनले बताए ।

विरुवा रोप्ने क्षेत्रको लालपुर्जाको प्रतिलिपी र निवेदन आएमा आवश्यकताको अध्ययन गरी उपलब्ध गराउछौं र संस्थागतरुपमा आवश्यक परेमा कार्यालयको निवेदन सहित विरुवा माग गरे उपलब्ध हुन सकिने उनले बताए ।

वर्षात शुरु भएपछि किसानहरुलाई विरुवा वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः     २५ जेष्ठ २०७७, आईतवार १०:२३  |