नेपालगन्ज २७ जेठ : संरक्षण र स्वास्थ्यका लागि सचेतना फैलाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत गाभर क्षेत्रको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण समूहले वनसँग जोडिएका बस्तीहरुमा जैविक विविधता संरक्षणका साथै कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने सचेतना दिएको छ ।
कार्यक्रममा साबन, ब्रस र मास्क लगाएतका समाग्री समेत प्रदान गरेको छ ।
मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुमा संरक्षण र स्वास्थ्य सचेतना निरन्तररुपमा अभियानको रुपमा सञ्चालन गरिने चोरी शिकार नियन्त्रण सञ्जालका अध्यक्ष कृष्ण चौधरीले बताए ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले संरक्षणका लागि समुदायको सक्रियता र सहकार्य आवश्यक रहेको बताए ।