कोरोना संक्रमण भएकी गर्भवतीको आन्द्राको सफल शल्यक्रिया


नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अछामबाट रिफर गरिएकी एक गर्भवती महिलाको आन्द्राको सफल शल्यक्रिया गरेको
छ । उनी कोरोना संक्रमित पनि हुन ।

हेर्नुहोस् शल्यक्रियामा सहभागि चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली-

अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको थियो । उनीसंगै हेलिकप्टमा बेलपाटा अस्पतालमा कार्यरत सिद्धार्थ आउजुलाई पनि ल्याइएको थियो ।

आफ्नै ज्यानमा आगो लगाए पछि उनलाई पनि सोहि हेलिकप्टरमा ल्याइएको भएपनि आउजुको मृत्यु भइसकेको छ ।

अप्रेशन गर्नु अघि स्वाब परीक्षण गर्दा महिलालाई कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । महिला केहि समय अघि मुम्बईदेखि नेपाल आएर क्वारेन्टाईनमा बसेकी थिईन ।

शल्यक्रियामा सहभागि टिमलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागं लगायतले अस्पतालबाट बधाई दिएका छन् ।

प्रकाशित मितिः     २७ जेष्ठ २०७७, मंगलवार १७:०६  |