नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा नागरिक तथा शिवनगरमा ५ सय मिटर पक्की नालासहितको सडक कालो पत्रेको काम धामधम भइरहेको छ ।
बर्दिया बाईपासदेखि उत्तर तेजनगरमा सडक कालोपत्रे काम भइरहेको वडा अध्यक्ष दिपक बर्माले बताए । संघीय मामिका तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएको बजेट हो । तेजनगरको असारको पहिलो हप्ता मै कालो पत्रे सम्पन्न गर्ने गरी काम भइरहेको अध्यक्ष बर्माले जानकारी दिए ।
नेपालगन्ज वडा नं. १८ विकास निर्माणमा अब्बल छन् । नगरको मात्र होइन केन्द्र र प्रदेश सरकारबाट समेत बजेट ल्याई विकासको काममा तिव्रता दिएको छ । अध्यक्ष बर्मा नेपालगन्जमा लोकप्रिय नेता मानिन्छन् ।