लकडाउनमा कृषकका दुःख !


प्रेम खरेल बाँकेका अगुवा होटल व्यवसायी एवं कृषक हुन । लामो समयदेखि नेपालगन्जमा होटल सन्चालन गरेपछि उनी अहिले खजुरा गाउँपालिका वडा नंं. ३ मा उत्कृष्टक कृषी फार्म र कटेज सन्चालन गरिरहेका छन् । कृषी फार्ममा बंगुर, खसी बोका, कुखुरा लगायत हरेक पशुपंछी पालिएको छ । त्यहाँ उत्पादन भएको कटेजमै खपत गरिन्छ ।

तर अहिले खरेललाई मुस्किल परेको भनेको बंगुरका पाठाको विक्रीमा हो । बंगुरका पाठा विक्री गर्ने बेला भयो । तर लकडाउनका कारण खरिद गर्न कोही आएका छैनन् । जसका कारण उनीहरुलाई खुवाउने दानापानी समेत किन्न खरेललाई धौधौ परिरहेको छ । केही दिन अघि मरेका दुईवटा बंगुरको बिमा प्राप्त गर्न पनि समस्या भइरहेको छ ।

अगुवा कृषक खरेलल सरकारले बिपद्मा परेका कृषकलाई सहयोग गर्नुपर्ने बताउँछन् । हेर्नुहोस् उनको भनाई –

 

प्रकाशित मितिः     २८ जेष्ठ २०७७, बुधबार ०९:०६  |