कोरोना कहरमा उपभोक्ता ठगी


नेपालगन्ज २८ जेठ : १. दाङ,अनुगमनका क्रममा बढी मुल्यमा स्वास्थ्य सामग्री (पिपिइ लगायत) बिक्री गर्ने दुइवटा सर्जिकल पसलाई २र२ लाख जरिवाना र खरिद बिल नराख्ने एउटा सर्जिकल पसललाई २० हजार जरिवाना सहित बढी मुल्यमा स्वास्थ्य सामग्री बिक्री नगर्न सर्जिकल पसलहरुलाई निर्देशन ।
त्यसैगरी दुइवटा सिमेन्ट उद्योगको अनुगमन, वातावरण र श्रमिकको स्वास्थ्य सुरक्षामा सुधार गर्न निर्देशन, अन्य किराना तथा खाद्यान्न पसलहरुलाई मापदण्ड अनुसार स्वस्थ व्यवसाय सन्चालन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका तर्फबाट निर्देशन !

२. मुल्यमा मास्क बेच्ने एवं व्यवसायिक मिलेमतोमा इन्फारेट थर्मामिटरको मुल्य बढाउने “ग्लोबल साइन्टिफिक कर्पोरेसन“लाई रू.२ लाख जरिवाना र मुल्य सुची नराखी उल्लेख नभएका सर्जिकल मालसामान बिक्रि गर्ने “नेपालगन्ज सर्जिकल“लाई रू. ६० हजार जरिवाना गरिएको छ । त्यसैगरी “मनकामना सर्जिकेयर“लाई करिब ४२ हजार मुल्य बराबरको उल्लेख नभएका करिब १ सय ८२ थान सेनिटाइजर फिर्ता गर्न निर्देशन दिइएको छ ।
३. नेपालगन्जका मासु पसलहरुको अनुगमनका क्रममा गुणस्तरहीन करिब २५ केजि मासु नष्ट, रू. २० हजार जरिवाना र मासु पसलहरुमा सरसफाइ एवं स्वच्छता कायम गर्न, मुल्य वृद्धि नगर्न र स्वच्छ एवं गुणस्तरीय मासु बेचबिखन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका तर्फबाट निर्देशन दिइएको छ ।

लकडाउनको अवधिमा बजार अनुगमन गर्दा फेला परेका उपभोक्ता ठगको सामान्य सूची हो यो । यस्ता धेरै उपभोक्ता ठगले यस्तो विपद्लाई पैसा कमाउने अवसरका रुपमा बनाइएका छन् । अनुगमनको आँखामा पर्नेहरु भने यतिबेला धमाधम कारवाहीमा परेका छन् । नजरमा पर्न नसक्नेहरुले उपभोक्ता ठगी गरिरहेका छन् ।

बजार अनुुगमन गर्ने सरकारी कार्यालयलाई संधै लाग्ने आरोप हो-अनुगमन त गर्ने तर कारवाही नगर्ने ।

तर नेपालगन्जमा अनुगमन पछि ठगी गर्नेलाई धमाधम कारवाही हुन थालेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल भन्छन्- ठगी गर्नेलाई सम्झाई बुझाई गरेर माफी दिने कुरा अब अतित भइसक्यो । अब कारवाही हुन्छ ।

यतिबेला कोरोना संक्रमण रोक्न सरकारले लकडाउन लगाएको छ ।

उद्योग, व्यवसाय ठप्पप्राय छन् ।

यद्यपी अत्यावश्क सामाग्रीको उत्पादन र विक्री भने भइरहेको छ ।

यस्तो विषम परिस्थतीमा पनि उपभोक्ता ठग्नेको कमी छैन ।

बजारमा सामाग्री अभावको कारण देखाउँदै उपभोक्ता लुट्न थालेको गुनासो बढेपछि बजार अनुगमनलाई तिब्र बनाइएको बताउँछन्, पौडेल ।

बजारमा यतिबेला कृषी, स्वास्थ्य एवं निर्माणसंग जोडिएका सामाग्रीको कालोबजारी भइरहेको छ ।

केही दिन अघि मात्र धम्वोझीको एउटा एग्रोभेट सेन्टरलाई धानको बिउँमा कालोबजारी गरेपछि दुई लाख रुपैया जरिवाना गरिएको थियो ।

त्यस्तै पुष्पलालचोकको हार्डवेयर पसलमा मुल्यसूची नराखेको पाइएपछि ६० हजार जरिवाना गरिएको छ ।

यि दुईवटै जरिवानाले अब बजार अनुगमनकर्ताहरु सम्झाई बुझाई गरेर घर फर्किन्छ भन्ने सोंचको अन्त्य गरेको बताउँछन् वाणिज्य कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाई ।

चौलागाई केही दिन अघि मात्र उक्त कार्यालयमा सूचना अधिकारीका रुपमा आफ्नो काम सम्हालेका छन् ।

उनले बजार अनुगमनमा दण्डहिनता अन्त्य हुने बताए ।

बजारमा ठगी गर्नेलाई त्यसै छाड्दा उनीहरुको मनोवल बढ्ने गरेको छ ।

कुनै पनि प्रकारको कारवाही नपाए पछि उनीहरु फेरी त्यस्तै गल्ती दोहोर्याउँदै आएका थिए ।

तर अब भने त्यस्तो मौका नदिइने कार्यालय प्रमुख पौडेल बताउँछन् ।

बजारमा ठगी गर्नेलाई नेपालगन्जमा अधिकत्म दुई लाखसम्म जरिवाना भएको छ । अब मुद्दा समेत चलाउने योजना बन्दै छ ।

प्रकाशित मितिः     २८ जेष्ठ २०७७, बुधबार ११:०२  |