नयाँ नक्सा अनुमोदनको खुसीयालीमा नेपालगन्जमा दीप प्रज्वलन


नेपालगन्जमा ३१ जेठ :  लिम्पियाधुरासहितका भू-भाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा नेपालगन्जको न्यूरोडस्थित भानुभक्तचोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो । दीपप्रज्वलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्य, बर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     8:59:59 PM  |