राप्ती नदीमा अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो


नेपालगन्ज ३१ जेठ :  नदीमा हुने अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, राप्ती नदीबाट हुने अवैध दोहन बिरुद्ध कारवाही शुरु गरिएको छ ।

सोही क्रममा अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएकोमा प्रशासनले कारवाही शुरु गरेको हो ।

प्रकाशित मितिः     11:24:33 AM  |