प्रदेश ५ का उद्योगमा स्वदेशी कामदार राख्न निजीक्षेत्रसंग मिलेर तालिम सन्चालन गरिने


नेपालगन्ज १ जेठ :  प्रदेश नं. ५ सरकारले प्रदेशमा रहेका उद्योगमा काम गर्ने बिदेशी कामदार फर्किएपछि रिक्त रहेको ठाउँमा नेपाली कामदार राख्ने गरी तालिम दिने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले सोमवार प्रस्तुत गरेको बजेटमा ५० हजार कामदारलाई तालिम दिने विषयलाई प्राथमिकता दिइएको छ । प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७र७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार ९३४. ६४ प्रतिशत०, पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार ९५१।२२ प्रतिशत० र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले बजेट पेश गरेका हुन् ।

प्रदेश सञ्चालनमा रहेका इटाभट्टा, सिमेन्ट कारखाना र प्लाइ उड कारखानाहरूमा काम गर्ने विदेशी कामदारहरू फर्केपछि रिक्त हुन आएका करिब ५० हजार स्थानमा स्वदेशी कामदारहरूलाई सार्वजनिक- निजी साझेदारीको अवधारणाअनुरूप सम्बन्धित उद्योगको सहकार्यमा कार्यक्षेत्रगत तालिम प्रदान गरी काममा लगाउन आवश्यक बजेट विनियोजन गरिएको हो । साथै, कोइलाको गुणस्तर मापन यन्त्र खरिद गर्न अनुदान उपलब्ध गराउने प्रबन्ध मिलाएको छ ।

प्रकाशित मितिः     १ असार २०७७, सोमबार १८:१३  |