प्रदेश ५ का पालिकामा कोशेली घर, बाँके लगायतका जिल्लामा डिपार्टमेण्टल स्टोर


नेपालगन्ज १ जेठ :  स्वदेशी उत्पादन बृद्धि र बजार प्रर्बद्धनका लागि प्रदेश नं. ५ सरकारले नेपाली किनौं, नेपाल बनाऔं अभियान सन्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७ /२०७८ को बजेटमा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत प्रदेशका १०९ वटै स्थानीय तहमा स्थानीय उत्पादनहरूको प्रदर्शनी एवम् बिक्री कक्ष (कोशेली घर) तथा हाटबजार स्थापना र सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा रू. १० लाखका दरले रू. १० करोड ९० लाख सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु ।

घरेलु तथा साना उद्योगीहरूको स्वदेशी उत्पादन तथा कृषि उपजहरूको बजार प्रवर्द्धनका लागि बाँके, रूपन्देही र दाङ जिल्लामा प्रादेशिक डिपार्टमेण्टल स्टोर सञ्चालनमा सहयोग गरिनेछ ।

साथै प्रमुख शहरहरूमा स्थायी प्रदर्शनीस्थल स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ । परम्परागत सिप र प्रविधिमा आधारित लघु तथा घरेलु उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवर्द्धनका लागि प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूमा कोशेली घर स्थापना गर्न सहयोग गरिनेछ । यसका लागि रू.  १ करोड ३६ लाख विनियोजन गरिएको छ ।

प्रकाशित मितिः     १ असार २०७७, सोमबार १८:२८  |