मोटरसाइकल र स्कुटरमा आयो भारी छुट


नेपालमा २ पांग्रे सवारी साधन निकै लोकप्रिय छ। सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो।

लकडाउनको कारणले नेपालको अटोमोवाइल्स बजार करिव ३ महिनादेखि ठप्प जस्तै भयो।

सरकारले लकडाउन खुकुलो पारेपछि मोटरसाइकल तथा स्कुटर आयातकर्ताहरुले चाडपर्व झै‌ विभिन्न योजनाहरु ल्याएका छन्।

यस्ता छन् योजनाहरुः

बजाज

बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले विभन्न योजना ल्याएको छ। कम्पनीले आफ्ना मोटरसाइकल खरिद गर्दा फुल क्यासमा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो।

यामाहा

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलतथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ। यो स्किम अन्तर्गत ग्राहकले तीन वर्ष अवधिका लागि शुन्य डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन्।

साथै, ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेर शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै कम्पनीले सबै प्रकारका मोटरसाइकल तथा स्कुटरहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले जानकारी दिए।

होण्डा

होण्डाको नेपालको लागि आधिकारिक वितरक स्याकार ट्रेडि १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ इएमआई र एक रुपैयाँ ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने योजना अघि सारेको छ।

पहिलो स्किम अन्तर्गत ग्राहकले १ रुपैयाँ मात्र डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर आफ्नो बनाउन सक्नेछन्।

जसको किस्ता अवधि धेरैमा ३ वर्षको हुनेछ। लगानी अवधिको फुल बिमा र नामसारीको रकम भने अग्रिम रुपमा बुझाउन पर्ने छ।यसको ब्याजदर १६ प्रतिशत हुनेछ। यदि नियमित किस्ता भुक्तानी भएमा ३ प्रतिशत ब्याज छुट पाइने कम्पनीले बताएको छ।

त्यस्तै दोस्रो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल वा स्कुटर ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ३ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ६ महिनासम्म मासिक १ रुपैयाँ किस्ता, ६० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे ९ महिनासम्म मासिक १ रुपैयाँ किस्ता र ७० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गरे १ वर्षसम्म मासिक १ रुपैयाँ किस्ता तिरे पुग्ने छ।

यो स्किमको लोन अवधि २ वर्षको हुनेछ भने यसको ब्याजदर भने १६ प्रतिशत हुनेछ।लगानी अवधिको फुल बिमा र नामसारीको रकम भने अग्रीम रुपमा बुझाउन पर्नेछ। यदि नियमित किस्ता भुक्तानी भएमा व्याजदरमा क्रमश १.५, २, २.५ र ३ प्रतिशत छुट पाइनेछ।

तेस्रो स्किमअनुसार ग्राहकले १ प्रतिशत ब्याजदरमा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन्।

यो लोनको अवधि बढीमा १ बर्षको हुनेछ भने डाउनपेमेन्ट ६० प्रतिशत गर्नु पर्नेछ। त्यस्तै लगानी अवधिको फुल बीमा र नामसारीको रकम अग्रिम रुपमा बुझाउन पर्ने कम्पनीले बताएको छ।

अन्तिम स्किम अनुसार न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गरेर होण्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्न सकिने छ।

लोन अवधि ग्राहकको इच्छाअनुसार बढीमा ३ बर्षसम्म गर्न सकिने छ। यो स्किममा ब्याजदर १६ प्रतिशत कायम गरिएको छ भने नियमित किस्ता भुक्तानी भएमा ३ प्रतिशत ब्याज छुट हुने कम्पनीले जनाएको छ। लगानी अवधिको फुल बिमा र नामसारीको रकम ग्राहकले अग्रिम रुपमा बुझाउन पर्ने छ।

भेष्पा र अप्रिलिया
भेष्पा र अप्रिलिया ग्राहकको लागि नयाँ योजना ल्याएको छ।
यो योजना अन्तर्गत कुनै पनि भेष्पा वा अप्रिलियाको स्कुटर खरिद गर्ने ५ हजार छुट, २ आर्थिक वर्षको कर तिर्नु नपर्ने, निशुल्क एसोसोरिज पाउने छन्।
त्यस्तै स्कुटर अनलाइनबाट पनि अर्डर गर्न सकिने र तुरुन्तै डिलिभरी गर्ने व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ।

टिभिएस

टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्सले सुरक्षितयात्राको सुरक्षित सहयात्री योजना सार्वजनिक गरेको छ।

यो योजना अन्तर्गत ग्राहकले शुन्य प्रतिशत डाउनपेमेन्ट, शुन्य प्रतिशत ब्याजदर वा स्कूटरमा १० हजार र मोटरसाइकलमा १२ हजार नगद छुट मध्ये कुनै पनि एक छान्न सक्नेछन्।

त्यस्तै ग्राहकहरुले अनलाइन मार्फत् पनि मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्नसक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ।
परिस्थिति विस्तारै सहज बन्दै गएकोले ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो योजना अघि सारेको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक कुमार अग्रवालले बताए।

प्रकाशित मितिः     ४ असार २०७७, बिहीबार १५:०३  |