दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा


सुर्खेत (गुर्भाकोट) ४ असार :  गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घर ढलानको काम सम्पन्न भइसकेको अध्यक्ष महेश ओलीले बताए ।

कर्णाली प्रदेश सरकार पशु पन्छी विकाश निर्देशनालयको रु ३४ लाख आर्थिक सहयोग र बाँकी स्थानीयले श्रमदान गरेर पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले दुध चिस्यान केन्द्र बनाइरहेको हो ।

चिस्यान केन्द्रका लागि सामुदायिक वनले रु ५ रोपनी जग्गा दिएको छ । सोही जग्गामा भवन निर्माणको काम बुधवारबाट शुरु भएको छ । जग्गा सम्याउने काम शुरु भएको र चाँडै काम सम्पन्न गरिने अध्यक्ष ओलीले बताए ।

चिस्यान केन्द्र निर्माण भएपछि त्यसक्षेत्रबाट वार्षिक ३ लाख ६५ हजार लिटर दूध संकलन गर्ने लक्ष्य राखिएको छ ।

अहिले वार्षिक ४८ हजार लिटर दुध बिरेन्द्रनगरमा विक्री वितरण भइरहेको उक्त सहकारीका सचिव हस्तबहादुर डाँगीले जानकारी दिए ।

सहकारीले आºनो दुध संकलन कार्यलाई अझ व्यवस्थित तथा विस्तार गर्नका लागि दुध चिसान केन्द्र निमार्ण गनुपर्ने , चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन खरीद गर्नुपर्ने भएकोले यो व्यवसायिक योजना निर्माण गरेको सचिव डाँगी बताउँछन् ।

गुर्भाकोट वडा नं। ४ का अध्यक्ष प्रशन्न शाहले पशुपालनका क्षेत्रमा कृषकलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको साथ रहेको बताएका छन ।

दुध चिस्यान केन्द्र निर्माण भएपछि पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन मिल्ने अगुवा भैसीपालक किसान ज्ञान बहादुर डाँगी बताउँछन् ।

चिस्यान केन्द्र निर्माणसंगै पशुपालनमा कृषकलाई सहुलियत सहितका प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ ।

सहकारी संस्थाका सदस्य रोमहर्ष वलीले दुध उत्पादनमा आत्मनिर्भर बन्ने उदेश्यले पारेखेतमा बिभिन्न योजना बनिरहेको बताउँछन् ।

रु ५४ लाखको लगानीमा गुर्भाकोटको पारेखेतमा दुध चिस्यान केन्द्र बन्दै, पशुपालक कृषक खुःसी

प्रकाशित मितिः     5:30:49 PM  |