अधिकाँस लघुवित्त मर्जरको रणनीतिमा


लघुवित्त वित्तीय संस्थाहरुले मर्जरका लागि तिब्र छलफल सुरु गरेका छन् । लघुवित्तहरुको संख्या बढेसँगै मर्जरको दवाव परेको छ । त्यसकाथि कोरोना कहरका कारण लघुवित्त वित्तीय क्षेत्रमा समस्या उत्पन्न हुनसँक्ने काँकलन गरिएको छ ।

यस अघि मर्जरमा जान नचाहेका लघुवित्त कम्पनीहरु पनि मर्जरका जाने तयारीमा छन् । मर्जरकै लागि सहजीकरण गर्न लघुवित्त बैंकर्स संघले पनि राष्ट्र बैंकको आगामी मौद्रिक नीतिमा सुझाव पठाएको छ ।

ग्रामिण अर्थतन्त्रमा केन्द्रीत र ससानो पुँजी परिचालन गरेर उद्यमशीलतामा लागेका लघुवित्तले कोरोना तथा लकडाउनपछि कर्जा तथा किस्ता उठाउने हिम्म्मत गर्न सकेका छैनन् । बैंकवित्तले भने असार मसान्तमै कर्जा उठाउने रणनीति बनाइसकेका छन् । केही स्थापीत र पुराना लघुवित्त बाहेक अधिकाँसको रणनीति मर्जरमा जाने देखिएको छ ।

हालै नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त बीच पनि मर्जर सम्झौता भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्त र जनकनकपूर लघुवित्त, दाङको महिला सामुदायिक लघुवित्त र पोखराको जाल्पा लघुवित्त, कैलालीका एनआरएन लघुवित्त र किसान लघुवित्त तथा काभ्रेको दिव्य लघुवित्त बीच मर्जरमा छन् । एनआरएनले यसअघिनै रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई मर्ज गरेको थियो ।

यस्तै सारथी लघुवित्तको विशेष साधारण सभाले नयाँ नेपाल लघुवित्तबीच मर्ज गर्ने प्रस्ताव पारित गरेको छ । अन्य लघुवित्तहरु पनि मर्जरको तयारीमा छन् । स्वस्तिक लघुवित्त, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त, स्पर्श लघुवित्त लगायतले वार्षिक साधारणसभामार्फत मर्जरका लागि बाटो खुला गरेका छन् ।

त्यस्तै, ग्रामीण विकास लघुवित्त, घरेलु लघुवित्त, लक्ष्मी लघुवित्त, आशा लघुवित्त लगायतले पनि मर्जरको बाटो खुला गरी पार्टनरको खोजीमा लागेका छन् ।

चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि अन्तिम स्वीकृती पाइसकेका छन् । दुई संस्थाले एक बराबर एकको शेयर स्वाप अनुपातमा गाभिनका लागि केन्द्रीय बैंकको स्वीकृति पाएका हुन् ।

मर्जरपश्चात् आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ भने केन्द्रीय कार्यालय काभ्रेको बनेपामा हुनेछ । कोरोना कहर पछि मर्जरको बाटोमा थप लघुवित्तहरु अघि बढेका छन् । आर्थिक अबस्था कम्जोर हुँदै जाँदा लघुवित्तहरु मर्जरको छलफलमा जुटेका हुन् ।

  • बैंकिंगखबरबाट
प्रकाशित मितिः     6:52:20 PM  |