यस्ता छन् बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका १७ बुँदे प्राथमिकता


नेपालगन्ज ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै सरुवा भइ आएका प्रहरी उपरीक्षक ओमबहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडी सारेका छन ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको पत्रकार परिचय र भेटघाट कार्यक्रम मार्फत एसपी रानाले आफ्ना मुख्य १७ बुँदे कार्ययोजना अगाडी सारेका हुन । हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने काम उनको कार्य योजनाको पहिलो बुँदामा समेटिएको छ ।

उनले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै अपराधिक क्रियाकलाप उपर कानुनी कठोरता आत्मसात गर्दै बिबेकपुर्ण प्रहार गरिने जनाए । यो जिल्लासङ्ग भारतसङ्गको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिने बताए ।

एसपी रानाले घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार पसार कारोवार गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन ।

मानव अधिकारको संरक्षण सम्बर्द्धन, सामाजिक, धार्मिक भेगियताको बिबिधताको सुन्दर पक्षलाई जोगाउँदै भाइचाराको सम्बन्ध कायम राख्ने देखि लिएर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणमा प्रभावकारी वयवस्थापन गरीने उनले बताए ।

पहिला पहिला आउने नयाँ प्रहरी प्रमुखले आफ्नो मुख्य प्राथमिकतामा पहिलो नम्बरमा गुण्डागर्दी, जुवातास, लागू औषध, प्राकृतिक साधनको दोहन, दुर्घटना जस्ता कुराहरु निस्तेज पार्ने खालका बिषयवस्तु राख्ने गर्दथे ।

तर, एसपी रानाको मुख्य प्राथमिकतामा जनतालाई सहज र सरल रुपले सेवा प्रदान गर्ने बिषय समेटिएको छ । त्यसपछि मात्र ती बिषयहरु समेटिएका छन । उनको पहिलो बुँदामा ‘हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड’ उल्लेख गरिएको छ ।

यसले प्रहरीको ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ भन्ने नारालाई आत्मसात गरेको देखिन्छ र प्रहरी संगठन भित्रका केही लोभिपापीहरुको कारणले बेला बेलामा बदनाम हुने क्रियाकलापलाई पनि रोक्न मद्दत पुग्ने देखिन्छ ।

 

प्रकाशित मितिः     ८ असार २०७७, सोमबार ११:१४  |