बसन्त मल्ल लगायत पाँच जनाको हत्याका अभियुक्त धर्मसिंह पक्राउ


नेपालगन्ज ९ असार :  बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ ।

एसपी ओमबहादुर रानाले कार्यभार सम्हाले लगत्तै यादव पक्राउ परेका हुा । प्रहरीको मोस्ट वाण्टेड सूचीका यादव बिरुद्ध अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा छन् ।


भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । प्रहरीले डुडुवा गांउपालिका स्थित यादवकै घरबाट उनलाई पक्राउ पक्राउ गरेको थियो ।

पुरैनीका स्थानी युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई गरिएकोपक्राउलाई प्रहरीले ठूलो उपलब्धी दाबी गरेको छ । प्रहरीका अनुसार यादव तत्कालिन भूमिगत समूह भगत सिंह समुहमा आवद्ध व्यक्ति हुन् । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

प्रकाशित मितिः     11:06:28 AM  |