भेरी अस्पतालमा पार्किङ्ग शुल्क हटाइदै, तत्काल थपिदै छन् यस्ता सुविधा


नेपालगन्ज ९ असार :  भेरी अस्पतालमा तत्काल सुधार गर्नुपर्ने योजना सार्वजनक भएको छ । अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष प्रमोद धितालले ती योजना सार्वजनिक गरेका हुन । अध्यक्ष धितालका अनुसार, निम्न योजना कार्यान्वयन हुँदै छन् । जसले भेरी अस्पताल सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । अध्यक्ष धिताले सार्वजनिकरुपमै अस्पतालमा सुधार गर्ने विषयमा सुझाव मागेका छन् ।

१) पाँटवटा शव अट्ने फ्रिज दुई दिन भित्र संचालन हुने ।
२) फोहरको सेक्रिकेसन र अटो क्ल्याप गरि अस्पतालको फोहर ब्यबस्थापन सुरू ।
३) साउन १ गते देखि अस्पताल क्षेत्र भित्र कुनै पनि सवारी साधनको पार्किङ शुल्क नलाग्ने ।
४) हाल संचालन भएका डाईलासिस २ मेशिनबाट बृद्धि गरि तत्काल ४ वटा मेसिन संचालन हुने ।
५) अस्पताल परिसर अगाडिको भागमा सौन्दर्यकरण तत्काल सुरू हुने ।
६) श्रावन १ गते देखि लागू हुने गरि पान, गुटका,सुर्ति, चुरोट, बिडिपुर्ण रूपमा प्रतिबन्ध ।
७) क्रमस अस्पतालको सेवा सुविधा भरपर्दाे र छिटो छरितो गर्ने ।
८) अस्पताल क्षेत्रमा देखिएका सबै खाले बिकृतिको अन्त्य गर्ने ।

प्रकाशित मितिः     ९ असार २०७७, मंगलवार २१:१८  |