बर्दियाका महिला समूहले लकडाउनमै ६५ लाखको खसी बेचे


नेपालगन्ज १० असार : असारमा बर्दियाका महिला समूहले रु ६५ लाख ३३ हजार मुल्य बराबरको खसी विक्री गरेका छन् । बास्तविक,दिपलगन, तिलसिला, लक्ष्यदिप र सोनकराई सहकारी संस्थामा आवद्ध महिलाले ४ सय ४८ वटा खसी विक्री गरेका हुन ।

उनीहरुले पोखरामा खसी विक्री गरेको हेफर नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्माले बताए । हेफर नेपालले आठ वर्ष भन्दा पहिलेदेखि यस क्षेत्रका महिलाहरुलाई बाख्रा पालन र त्यसको बजारीकरणमा सहयोग गर्दै आएको छ ।

 

त्यसरी सहयोग पाएकाहरुरुले सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बनाएका छन् । जिल्लास्तरीय समितिले सहकारी आवद्ध महिलालाई खसीपालनमा प्रोत्साहन गर्नुका साथै प्राविधिक सहयोग गर्दै आएको छ ।

महिलाले उत्पादन गरेका खसी विक्री वितरणका लागि नेटवर्क बनाएका कारण विक्री वितरणमा समस्या हुने गरेको छैन् । हेफरका कार्यक्रम अधिकृत शर्माका अनुसार, गुणस्तरीय भएका कारण सेवाग्राहीले महिलाले उत्पादन गरेका खसीलाई रुचाएका छन् ।

 

प्रकाशित मितिः     १० असार २०७७, बुधबार १२:२२  |