त्रिभुवनचोक बैंक ठगी प्रकरण : बैंक प्रबन्धक पक्राउ


नेपालगन्ज १२ असार : बिभिन्न सरकारी कागजात किर्ते गरी नक्कली धितो मार्फत राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखाबाट रु १ करोड २५ लाख ऋण लिएको प्रकरणमा बैंकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् ।

उक्त प्रकरणमा मुख्य आरोपी नेपालगन्ज –११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ पहिल्यै पक्राउ परिसकेको अवस्थामा बाँके प्रहरीले शाहीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको हो ।

प्रहरी स्रोतका अनुसार, घटना छानविनको दायरा फराकिलो बनाउँदै लैजाने क्रममा थप कर्मचारी समेत समातिन सक्छन् ।

नेपालगन्ज उपमहानगरपालिका र मालपोत जस्ता सरकारी कार्यालयका कागजात, सहीछाप किर्ते गरेर जसगढले बैंकबाट रु २ करोड ऋण स्वीकृत गराउन सकेका थिए । तर बाँकी ऋण पाउनु अघि नै उनी प्रहरी हिरासतमा पुगेका छन् ।

सरकारी कागतजात किर्ते गरी बैंक ठगी गरेको आरोपमा जसगढलाई जेठ २७ गते घरबाटै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।

नेपालगन्जमा पहेंलो सुनले मौलाउदै आर्थिक अपराध

नक्कली धितोबाट १ करोड २५ लाख ऋण, नेपालगन्जका सुनचाँदी व्यवसायी समातिए

प्रकाशित मितिः     १२ असार २०७७, शुक्रबार १३:४४  |