कोहलपुर बैंकर्स क्लवको अध्यक्षमा रीमा मल्ल


कोहलपुर १२ असार :  कोहलपुरमा सन्चालनमा रहेका बैंकमा कार्यरत प्रबन्धकहरुको संस्था कोहलपुर बैंकर क्लवले नयाँ नेतृत्व पाएको छ । शुक्रवार भएको साधारणसभाले लक्ष्मी बैंक लिमिटेडकी रीमा मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सनराइज बैंकका मनोज आचार्य,उपाध्यक्षमा ज्योती विकास बैंकका बिनोद सामान्त, कोषाध्यक्षमा सिटिजन बैंकका बिनोद कुँवर,सहकोषाध्यक्षमा प्रभु बैंककी कल्पना घिमिरे, सचिवमा माछापुछे्र बैंकका अनिलकुमार विष्ट, सहसचिवमा एनबी बैंकका नवल आचार्य रहेका छन् ।


पदेन सदस्यमा साइन रेसुगां बैंकका अशोक कोइराला,सिद्धार्थ बैंकका निर्मल बम र गरिमा बैंकक निलकण्ठ रेग्मी रहेका छन् । सूचना तथा समन्व प्रमुख अर्थात प्रवक्तामा सिभिल बैंकका बसन्तकुमार रेग्मी चयन भएका छन् ।
साधारणसभाले बरिष्ठ सल्लाहकारमा ग्लोबल आईएमईका निर्मल बुढाथोकीलाई चयन गरिएको छ ।

प्रकाशित मितिः     6:43:26 PM  |