एकल महिलालाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बाख्रा सहयोग


नेपालगन्ज १३ असार : बाँकेको राप्ती सोनारी गाउँपालिकाकाले गरिब, असक्त, अपाङ्ग र अरुको सहारामा बसेका एकल महिलालाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत बाख्रा सहयोग गरेको छ ।

गाउँपालिका स्तरीय मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सिफारिस तथा कार्यान्वयन समितिले पालिकाका ८ वटै वडाबाट प्रतिनिधित्व हुने गरी २१ जना महिलालाई बाख्रा सहयोग गरेको हो । हरेक एकल महिलालाई ३ वटा बाख्रा सहयोग गरेको छ । एकल महिला जसलाई समाज र परिवारबाट समेत अपहेलना नहोस भनेर उहाँलाई आयआर्जनको सजिलो र यस क्षेत्रमा सबै भन्दा बढी उपयोगी बाख्रा भएकोले सो वितरण गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनु भयो ।

अध्यक्ष थारुका अनुसार एक जनालाई ३ बटा बाख्रा सहयोग गर्दा आफु साह्रै सुखी भएको बताउनु भयो । बाँकेको बाख्रा पटेक क्षेत्रमा यहाँका किसानका सहकारीबाट तौलका आधारमा बाख्रा खरिद गरी वितरण गर्न पाउन बाख्रा पालेर विक्रि गर्ने किसान पनि खुसी र पाउने पनि खुसी हुनु भएको उहाँले जानकारी दिनु भयो । आर्थिक रुपमा कमजोर भएको एकल महिलाको नाम छनौट वडाबाट आयो, कृषि शाखाले बाख्रा खरिद गरेर वितरण गरिएको भन्नु हुन्छ अध्यक्ष थारु ।

एकल महिलाको छनौट गर्दा कुनै पनि राजनीतिक पूर्वाग्रह नभइ आवश्यकताका आधारमा मात्रै छनौट भएको बताउनु हुन्छ वडा नं. ७ का अध्यक्ष रामलखन थारु । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले अति विपन्न, गरिब, दलित, महिला, मधेसी, सुस्लिम समुदायका आवश्यकतामा सहयोग गर्दै उनीहरुको आय आर्जन क्षमता विकास र युवा रोजगारीका लागि काम गरिरहेको सहजकर्ता जमुना चालिसे जानकारी दिनु भयो ।

राप्ती सोनारी गाउँपालिकामा पहिलो पटक एकल महिलालाई तीन वटा बाख्रा सहयोग गरेकोमा आफुहरु खसी भएको र यसले आय आर्जनमा पनि ठूलो मद्दत गर्ने बताउनु हुन्छ एकल महिला तारा वली । उहाँ अनुसार प्रदेश सरकारले आफु जस्ता एकल महिलालाई गरेको बाख्रा सहयोग अब ढुक्कका साथ आर्थिक पक्ष बलियो हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रकाशित मितिः     १३ असार २०७७, शनिबार १५:१७  |