दुधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्यमा यसरी सारथी बन्दै छ पारेखेत


  • महेश ओली

गुर्भाकोट नगरपालिका-४ सुर्खेतमा रहेको पारेखेत कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले पशुपालन तथा मिश्रीत कृषि खेतीमा यस क्षेत्रका कृषकलाई कृषि पेशामा उत्साहित गरी संलग्न गराउने र उनीहरुले उत्पादन गरेका तरकारी तथा दुध संकलन गरी विक्री वितरण गर्दै आईरहेको छ । गुर्भाकोट नगरपालिकाको सहकारी ऐन को दफा ६ बमोजिम गुर्भाकोट नगरपालिकाको सहकारी शाखा कार्यालय सुभाघाट ,सुर्खेतमा मिति २०७५ साल भाद्र ५ गतेका दिन यो सहकारी संस्थापना भएको हो ।

हाम्रो सहकारीले वार्षिक ४८,००० लिटर दुध संकलन गरी विक्रिवितरण गरिसकेको छ । यस सहकारीका सदस्यहरुले तथा यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको दुध संकलन गरी यस क्षेत्रको राजधानी विरेन्द्रनगर लगायत यस क्षेत्रका खुद्रा व्यापारी हरुलाई विक्री वितरण गर्दै आइरहेको छ । यसलाई अझ परिस्कृत गर्नका लागि यस सहकारीले पशु पन्छी विकाश निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सहयोगको दुध चिस्यान केन्द्र निर्माणको कामलाई तिब्रता दिइरहेको छ ।

अगुवा कृषक ज्ञानबहादुर डाँगी आफ्नो भैसीफार्ममा ।

संकलन कार्यलाई अझ व्यवस्थित तथा विस्तार गर्नका लागि निर्माण भइरहेको दुध चिसान केन्द्रमा चिलिमभ्याट ,क्यान , जेनेरेटर ,मिल्क एनालाइजर मेसिन राखिन्छ । यो व्यवसायिक योजना सम्पन्न भइसकेपछि यस क्षेत्रका कृषकहरुलाई पशुपालनमा अझ उत्साहित बनाई उनिहरुले उत्पालन गरेको करिब ३ लाख ६५ हजार दुध संकलन गरी विक्रि वितरण गर्ने लक्ष्य यो सहकारीको रहेको छ ।
पूर्वाधार विकासले कृषि तथा पशुपालनबाट हुने उत्पादनको विक्री बितरणमा समस्या हुने छैन । अब हामी घरघरमा व्यवसायीकरुपमा पशुपालन र कृषि उत्पादन बढाउनका लागि अभियान सन्चालन गर्ने छ ।

बजारमाग : कुल दुधको ५५ प्रतिशत जति सुर्खेत जिल्लाको कुल दुधको ५ प्रतिशत जति हिस्सा यस संकलन केन्द्रको छ । जिल्लाको कुल बजार मागको ५० प्रतिशत जति बा≈य जिल्लाबाट आयात हुने गरेको छ । सुर्खेत जिल्लाको कुल दुधको मागको करिब १५ प्रतिशत र बा≈य जिल्लाको मागको ५ प्रतिशत जति हिस्सा ओगड्ने लक्ष लिइएको छ ।

उत्पादन तथा विक्री लक्ष्य :
यस क्षेत्रका कृषकहरुलाई कृषि पेशामा सहभागी हुन अझ उत्साहित गरिनेछ । उनीहरुले उत्पादन गरेको दुध संकलन गरी बजारमा देखिएको दुध तथा दुध जन्य बस्तु को अभावलाई समाधान गर्न दुध संकलन गरी दुध तथा दुध जन्य बस्तु निर्माण गरी बिक्री गरिने छ

उत्पादन गुणस्तरः
स्थानीय स्तरमा उत्पादन हुने भएको यो दुध ताजा हुने हुदा स्थानीय उत्पादित माग आयातित उत्पादित दुध भन्दा वढि रहेको छ । तसर्थ दुध उत्पादन वृद्धि गर्न सकेमा वीरेन्द्रनगर वजारमा नै विक्री वितरण हुने सम्भावना रहेको छ । वीरेन्द्रनगर वजार क्षेत्रमा करिव ३,००० लि दुुध मात्र यस जिल्ला भित्रबाट आयात हुने गरेको छ । जसले ५० प्रतिशत हिस्सामात्र ओगेडेको छ । तसर्थ यस सहकारी ले उत्पादन तथा संकलन गरेको दुध गुणस्तरीय भएकोले सजिलै विक्रि हुने देखिन्छ । मानिषको स्वास्थ्यलाई दुधले फाइदा गर्ने विषयमा सबैलायई चेतना भएकोले दुध बिक्रि वितरण हुनेछ ।

कच्चामालको व्यवस्थापन :
यस सहकारीको लक्ष्य अनुसारको दुध संकलनको आगि आवश्यक पर्ने दुध यस सहकारीका कृषकहरुले उत्पालन गर्नेछन र सल्यान जिल्लाको कालिमाटी क्षेत्रका कृषक व्यावसायिहरु संग सम्झौता गरी संकलन गरिने छ । हाल यस सहकारीले विरेन्द्रनगर सुर्खेतको बाताबरण दुध सालालाई दुध तथा अन्य दुध जन्य बस्तु उत्पादन गरी विक्रिवितरण गर्दै आएको छ ।


उधारो विक्रिको व्यवस्थापनः

खुद्रा बिक्रिको लागि उधारोको व्यवस्था हुने छैन तर होलसेल बिक्रिकर्ता पुरानो कारोवार तथा विश्वासको आधारमा उधारो दिन सकिनेछ । उधारो रेकर्ड आसामी खातामा अभिलेख गरिने छ ।

विक्री वितरणको माध्यमः

दुध चिस्यानकेन्द्रको कार्यकक्षवाट होलसेलमा विक्री वितरण गरिनेछ भने वस्तुको मागको आधारमा उनीहरुको स्थानमा पठाउने व्यवस्था गरिनेछ ।
 विक्री प्रवद्र्धनः
वजार प्रवर्धनका रेडियो तथा पत्रपत्रिकावाट विज्ञापन गरिनेछ । साथै होलसेल विक्रीमा छुटको व्यवस्था गरिनेछ ।

 उत्पादन प्रकृयाः
दुध तथा दुध जन्य बस्तुको उत्पादन तथा संकलन प्रक्रिया निम्नानुसार अवलम्बन गरिनेछ :
१. कृषकलाई कृषि पेशामा आर्कषण गर्ने र उनिहररुले उत्पादन गरेको दुध संकलन गर्ने ।
२. गाई भैसी को लागि आवश्यक दाना व्यवस्थापर्ने सहकारीले गरिदिने र दुध रकम कृषकलाई भूक्तानी गर्दा कट्टा गर्ने व्यवस्था गर्ने
३. प्राविधिक सेवा स्थानीय एग्रोभेट तथा पशु सेवा शाखा मार्फत गराउन सहकार्य गरिदिने ।
४. बजारको आवश्यकता अनुसार दुध जन्य बस्तु उत्पादन गरि विक्री वितरण गर्ने ।
५. होटेल व्यवसायी तथा खुद्रा पसलेहरुलाई दुध तथा दुध जन्य बस्तु विक्री गर्ने ।
६. वजार विस्तार विकास गर्दै जाने ।

निस्कर्ष :
दुधको बजार माग उच्च भएको ,विक्री गर्नका लागि खासै प्रचार प्रसार गर्नु नपर्ने अवस्थाको साथै यस क्षेत्रका कृषकलाई पशुपालन गर्न उत्साहित गर्ने उदेश्यका साथ उनिहरुको बजारको पूर्ण ग्यारेटी यस सहकारी संख्था लि. ले लिएकोले कषृकहरु संग सम्बन्ध राम्रो स्थापित गराउदै सधै कृषकहरुको समस्यालाई उच्च प्राथमिकतामा राखि , समयमा नै उनिहरुको समस्यालाई समाधान गर्न र यस क्षेत्रका कृषकहरुको कृषि पेशाको माध्यमबाट आयअवस्थामा सुधार गर्ने लक्ष्य यस सहकारी संस्था लि. ले लिएकोले यस सहकारी संस्था लि लाई दुध संकलन केन्द्र स्थापनाको लागि लगानी गरे उपयुक्त देखिएको छ ।

(ओली पारेखेत कृषि सहकारीका अध्यक्ष हुन)

प्रकाशित मितिः     10:48:19 AM  |