व्यवसायीले स्वस्फुर्तरुपमा कर तिर्न थाले


नेपालगन्ज १४ असार :  व्यवसायीले स्वफुर्त रुपमा कर तिर्न थालेका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेलका अनुसार, व्यवसायीहरु कर तिर्न आइरहेका छन् ।

लकडाउनका कारण राजश्व संकलन प्रभावित भए पछि लकडाउन खुकुलो भएसंगै अहिले भने व्यवसायीहरु स्वस्फुर्तरुपमा कर तिर्न आइरहेको पौडेलले बताए ।

असार महिना सुरु भएपछि कर संकलनको गति बढ्दा सरकारी कोष ४० अर्बभन्दा बढि बचतमा गएको महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए। उनका अनुसार राज्यकोष बचत लकडाउन अवधिमा १९ अर्ब भन्दा कम भएको थियो।

कार्यालयको तथ्यांक अनुसार सरकारले पछिल्लो ११ दिनमा सबैखाले आम्दानीबाट ४२ अर्ब राजस्व संकलन गरेको छ। यस्तै यो अवधिमा ३९ अर्ब खर्च गरेको छ।

प्रकाशित मितिः     १४ असार २०७७, आईतवार ११:५१  |