बाँकेमा रहेका मापदण्ड बिपरितका २४ क्रसर उद्योग आजैबाट बन्द गराउने निर्णय


नेपालगन्ज १४ असार :  जिल्ला समन्वय समितिलले बाँकेमा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आईतवारबाट लागु हुने गरी बन्द गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्बागंका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो ।

प्राकृतिक स्रोत साधनसंग सम्बन्धीत जिल्ला अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त समितिको संयोजक जिल्ला समन्वय समितिको संयोजक हुन्छन् ।

आईतवार बसेको बैठकले मापदण्ड बिपरितका क्रसर उद्योगको बिद्युत काट्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्दैनन् भने दर्तासमेत भएका छैनन् ।

 

 

 

प्रकाशित मितिः     12:22:28 PM  |