नेपालगन्ज १५ असार : नेपाली कामदारको अभावमा भारतको हिमान्चल प्रदेशको स्याउको अर्थव्यवस्था नराम्रो गरी प्रभावित हुन थालेको छ । नेपाली कामदारलाई त्यहाँको स्याउको अर्थव्यवस्थालाई मेरुदण्डका मानिएको भन्दै बिबिसी हिन्दी https://www.bbc.com/hindi/india-53206394सेवाले त्यसको अभावमा अहिले हिमान्चल दुःख भोगिरहेको बिस्तृत रिर्पोट सार्वजनिक गरेको छ ।
कोरोना संक्रमणका कारण नेपाली कामदार हिमान्चल जान सकेका छैनन् । कामदार जान नसक्नुको मुख्य कारण यही भए पनि बिबिसीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको बिवादलाई पनि कामदार फर्किन नमानेको अर्को कारणका रुपमा बुझेको छ ।
बिबिसीका अनुसार हिमान्चलमा मात्र पाँच लाख नेपाली कामदार कार्यरत छन् । शरिरीकरुपमा तन्दरुस्त र पहाडमा समेत स्याउ टिप्नका लागि नेपाली कामदार सबैभन्दा भरपर्दो रहेका छन् । हिमान्चल प्रदेशका पूर्व हार्टिकल्चर मन्त्री नरेन्द्र ब्राग्टाको भनाई उद्धित गर्दै बिबिसी लेख्छ्–‘बगानमा मजदुरको संकट छ ।यो हाम्रा लागि निकै चिन्ताजनक विषय हो । हामीले थुप्रै प्रयास गरे पनि नेपाली मजदुरलाई घर फर्काउन सकिएको छैन् ।’
ब्राग्टाको पनि आफ्नै स्याउ बगान रहेको छ । उनका अनुसार मुख्यमन्त्री जयराम यस विषयमा बिदेश मन्त्रालयमा कुरा उठाएका छन् भने गृहमन्त्री अमित शाहसंग छलफलका लागि प्रस्ताव राखेका छन् । तर पनि समस्या समाधान हुन सकेको छैन् ।
थियोगका सिपिआईएमका बिधायक राजेश सिंघाने नेपाली मजदुर नजादा हिमाचलमा अभुतपूर्ण संकट निम्तिएको छ । उनले कोरोनाका कारण नभई नेपाल र भारतबीचमा उत्पन्न बिवादका कारण समस्या सिर्जना भएको बिबिसीले उल्लेख गरेको छ ।
सोही क्षेत्रका जोगिन्दर चौहानले बीबीसी हिन्दीसँग भनेका छन्, ‘नेपाली मजदूरको बैंक खातामा बैनाबापतको रकम पनि जम्मा गरिसकेको थिएँ, तर अहिले नेपाली मजदूरले फोन गरेर सीमामा प्रतिबन्धका कारण आफूहरु आउन नसकेको जानकारी गराएका छन्, केहीले पैसा फिर्ता गरिदिने बताएका छन् भने केहीले अर्को वर्ष मिलाउने प्रतिबद्धता जनाएका छन् ।’
मुख्यमन्त्री जयराम ठाकुरका अनुसार सीमा बन्द भएका कारण नेपाली मजदूर आउन नपाएका हुन् । ‘हामीले केन्द्र सरकारसँग यो मुद्दा उठाएका छौँ, कुटनीतिक च्यानलका माध्यमबाट सहयोग गर्नका लागि भनेका छौँ,’ उनले भने ।
त्यसो त हिमाचलमा क्वारेन्टिनको नियम कडा छ । बाहिरबाट प्रदेशमा आउनेलाई १४ दिन क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम बनाइएको छ । तर प्रदेशका कृषिमन्त्री रामलाल मरकन्डाले नेपाली मजदूर आएको खण्डमा उनीहरुलाई स्याउ बगान नै क्वारेन्टिन हुनेगरी काममा लागाउन सकिने बताए । ‘हामी स्याउ बगानमा काम गर्ने मजदूरका लागि क्वारिन्टिन नियम खुकुलो बनाउन सक्छौं, उनीहरु स्याउ बगानमै क्वारिन्टिन हुन सक्छन् । तर मुख्य समस्या, नेपाली मजदूर आइरहेका छैनन् ।’
नेपाली मजदूर स्याउको बगानमा काम गर्न प्रख्यात मानिन्छन् । उनीहरु स्याउको बाकस उठाउने, पहाडी साँघुरो बाटोमा बाकस बोकेर हिँड्न पोख्त हुन्छन् । पहाडी हावापानीमा भिजेका हुनाले उनीहरु सजिलै काम गर्न सक्नेखालका हुन्छन् । त्यसैले पनि हिमाचलका स्याउ बगानमा नेपाली मजदूर ठूलो संख्यामा काम गर्दै आएका थिए ।