नेपालगन्ज १७ असार : लकडाउनका कारण भारतीय आँप भित्रिन नपाएपछि बाँकेमा उत्पादन भएको आँपले बजार पाएको छ । राम्रो मुल्य पाएको र बजारको समेत कुनै समस्या नभएपछि कृषकहरु खुसी छन् ।
कृषकहरुका अनुसार, गत वर्ष प्रति केजि १० रुपैयासम्म विक्री गर्नुपर्ने बाध्यता थियो ।
तर अहिले प्रति केजि रु ५० मा आप विक्री भइरहेको छ । बजार र मुल्य राम्रो भए पनि आप उत्पादन भने यसपटक प्रभावित भएको छ । फुल फल लाग्ने बेला बेमौसमी पानी परेपछि बाँकेमा आँपको उत्पादन घटेको हो ।
‘फुल त राम्रोसंग फुलेको थियो । फल लाग्ने बेला पानी र हावाहुरी परेपछि उत्पादन घट्यो ।
बाँकेलाई आँप उत्पादनको लागि उर्वर भूमि मानिन्छ । तर उत्पादन भने बढाउन सकिएको देखिन्न् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिबेदन अनुसार, बाँकेमा आर्थिक वर्ष २०७२र२०७३ मा ५ हजार ८ सय ८० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर त्यसयता आँपको उत्पादन बढ्न सकेको छैन ।
नेपालगन्ज नाका हुँदैै वर्षेनी भारतबाट आप भित्रिन्छ । गुणस्तरीय आप नआउँदा उपभोक्ता ठगिन्छन् भने स्वदेश आपले बजार र मुल्य नपाउने समस्या थियो ।