एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ ।
यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर १ वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरुको आवश्यकतालाई पहिचान बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको ३ सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहनुहुने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् ।
न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ ।
जस अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था छ ।
घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरोरियम अवधि लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।
यस बाहेक लचिलो इएमआइ मार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआइ वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् ।
यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेकाले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्नेछन् ।