नेपालगन्ज २१ असार : कोरोनाका कारण बाँकेका तीस अर्व बढि लगानी रहेको बाँकेको होटल क्षेत्र धरासायी बनेको छ । बाँकेका भिन्न भिन्नै होटल व्यवसायी संघले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत आईतवार प्रधानमन्त्रीलाई ध्यानार्कषण गराउँदै राहत प्याकेज ल्याउन माग गरेका छन् ।
होटल व्यवसायी महासंघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाई, बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघकी अध्यक्ष उमा ग्रान्डनले संयुक्तरुपमा ज्ञापन पत्र बुझाउँदै राहत प्याकेज ल्याउन माग गरेका हुन । हेर्नुहोस् होटल व्यवसायीको ज्ञापनपत्र-
उपरोक्त सम्बन्धमा विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले विश्वलाई नै विक्षिप्त बनाइरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन नसकेको कुरा यहाँलाई अवगत नै छ । २०७६ सालको चैत्र ११ गते देखि नेपाल भर भएको लकडाउन का कारण नेपाल भर रहेको सम्पूर्ण होटल ,रेष्टुरेन्ट तथा पर्यटन संग सम्बद्द सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेर नेपाल सरकारलाई समर्थन गरिरहेको कुरा अवगत गराउन चाहन्छौ ।
राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय र पर्यटकिय क्षेत्र बाँके जिल्ला भित्रमा करिव ३ देखि ४ अरब बार्षिक रुपमा राजस्व तिर्ने बाँके जिल्ला भरिका ४००० होटल तथा रेष्टुरेन्ट व्यसायहरु बन्द भएका कारण २० देखी २५ हजार भन्दा बढि कर्मचारी बेरोजगार भएको र ति सबैको परिवारको चुलो निम्ने खतरा बडिरहेको छ साथै होटल व्यवसायसंग सम्बन्धित अन्य व्यवसायी र त्यसमा रहेका जनशक्तिहरुमा प्रत्यक्ष प्रभाव परेको छ ।
बैंक तथा वित्तिय संस्थाहरु बाट २० अरब र व्यक्तिगत क्षेत्र बाट १० अर्ब भन्दा बढि लगानी रहेको बाँके जिल्ला भरका होटल तथा रेष्टरेन्ट व्यवसायहरुको सम्पूर्ण लगानी धरासायी हुने खतरा बढेको छ र एकातिर कोरोना भाईरस बाट प्रभाबित हुने विरामी को संख्या बढिरहदा सम्पूर्ण व्यवसाय तथा मजदुर लगायत सिङगो समुदाय नै उच्च जोखीममा रहेका छन् भने अर्को तिर दिनरात मेहनत गरेर व्यवसाय सञ्चालन गर्दे त्यसैबाट कमाएको पैसाले घरबहाल, मजदुर ज्याला तथा राज्यलाई तिर्नूपर्ने सम्पूर्ण कर तथा महसुलहरु तिर्ने गरेका व्यवसायहरु पुर्ण रुपमा बन्द रहेका कारण धेरै व्यवसायहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन ।
वर्तमान विषम परिस्थितिमा देश भर रहेका ८० हजार होटल रेष्टुरेन्ट तथा पर्यटन व्यवसायहरुलाई धरासायी हुन बाट बचाईराख्न होटल व्यवसायी महासंघ नेपाल ले पटक पटक संघीय सरकार, प्रदेश सरकार लाई ज्ञापन पत्रद्धारा स–ुसुचित गराउदा पनि संघीय तथा प्रदेश सरकारले ल्याएको बजेटमा हाम्रा मागहरु सम्बोद्धन हुने खालका कुनै पनि कार्यक्रमहरु नआउनुले राज्यले हामीलाई उपेक्षा गरेको कुरा महसुस गरेका छौ । यो राज्यको ठुलो भुल हो । वर्तमान संकटले बढि प्रभावित व्यवसायी लाई बचाइराख्नका लागी तल उल्लेखीत राहत प्याकेज उपलब्ध गराई जनजिवन सामान्य अवस्थामा नआईपुग्दा सम्मका लागी सहयोग उपलब्ध गराउन बाँके जिल्लामा रहेका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायी संस्थाहरु हार्दिक अपिल गर्दछौ ।
हाम्रा मागहरु :–
१) वर्तमान अवस्थामा होटल व्यवसायहरु सबैभन्दा बढि घरभाडाको मारमा परेकोले यस लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट र संक्रमण काल रहदा सम्मका लागी ५० देखी १०० प्रतिशतको छुटको व्यवस्थ गर्न आग्रह गर्दछौ साथै उक्त्त छुटका लागी घरधनिहरु लाई पनि राहत पुग्ने गरी बैकको कर्जा भुक्तानीको समयावधी थप गर्नुका साथै घरधनीहरुले तिर्ने घरबहाल कर छुट र बैकं व्याज तथा अन्य करहरु मा समेत सहुलियत प्रदान गर्नका लागी स्थानीय निकाय संगको समन्वयमा बिशेष राहत कोष मार्फत सम्बोधन गरेर वातावरण सहज बनाउने व्यवस्था मिलाइयोस् ।
२) हाम्रो व्यवसाय अन्य प्रकृतिका व्यवसायजस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा झै सुचारु भै सामान्य अनस्थामा आउने व्यवसाय नभइको र संक्रमण अवधिभर व्यवसायमा भारी असर पर्ने हुदा बिजुली पानीको महसुल कम्तिमा १ बर्षका लागी छुट र टेलिफोन इन्टरनेट लगायत कर हरुमा पनि बिषेश सहुलियतका व्यवस्था मिलाइयोस् ।
३) अहिलेको महामारीले सबैभन्दा बढि असर पारेको यस क्षेत्रका व्यवसायीहरुलाई राहत स्वरुप १ बर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने व्यवस्था मिलाइयोस् ।
४)यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बैंक र वित्तिय संस्थाहरुबाट लिइको ऋणको व्याज र किस्ता तिर्नै मुख्य श्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शाीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयवधी कम्तिमा २ बर्ष थप गरी उक्त अवधिभरको व्याजमा सहुलियत प्रदान गरी लकडाउन तथा संक्रमणकाल सम्मको बुझाउनु पर्ने सम्पुर्ण रकम एकमुष्ट गराई सबैमा गाविदिने व्यवस्था गरियोस् ।
५)यस क्षेत्रका व्यवसायीहरुले राज्यबाट अहिले सम्म कुनैपनि किसिमको व्यवसायीक सुविधा नपाएकाले तत्कालका लागी चालु व्यवसायीलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून व्यादरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाईयोस् ।
६) वर्तमान विषम परिस्थिति पश्तात् पनि व्यवसायलाई सहज रपमा सञ्चालन गर्नका लागी न्यून ब्याजदरमा क्यात ीयबल को व्यवस्था गरियोस् ।
७) कोरोना संक्रमण शुरु हुने बित्तिकै आफ्ना मातहतका सम्पूर्ण होटलहरु राज्यलाई आवश्यक परेमा निम्न शुल्क क्वारेन्टाईन का लागी दिन तयार रहेको कुरा सार्वजनिक गरेको महासंघलाई बाईपास गरेर ६ महिनाका लागी सबै होटल बन्द गर्नै भनेर सार्वजनिक सुचना नै जारी गर्ने निकायसंग सम्झौता गरी मित्रराष्ट्र भारत लगायत तेश्रो मुलुकबाट आउने नेपालीहरुलाई क्वारेन्टाईनको नाँउमा उनीहरु कै खर्चमा जबरजस्ती तारे होटलमा महँगो रेटमा बस्न बाध्य पारिएको छ । उक्त निर्णयलाई तत्काल पुनर्विचार गरी उनीहरुलाई आ–आफ्नो ईच्छा र स्तर अनुसारका होटलमा क्वारेन्टाईनका लागि बस्न पाउने अधिकार प्रदान गरियोस् ।
८) राज्यले अत्यावश्यक सेवामा राखेको तर लामो समयदेखी बन्द रहेका होटल व्यवसायलाई सरकारले जारी गरेको मापदण्ड अनुसारका साबधानीहरु अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त लागु गरियोस् ।
९) लकडाउनका कारण यस क्षेत्रबाट बिस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई आवश्यक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गरियोस् ।
१०) मूलतः पर्यटनको मुल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायको रपमा रहेको होटल व्यवसायमा हुन सक्ने संक्रमणको जोखीम र त्यसको न्युनिकरणका लागि अवश्यक पर्ने स्वास्थ्यसंग सम्बन्धी सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरियोस् ।
११) संक्रमणको जोखीम बढ्दै जाँदा वर्तमान अवस्था लम्बिदै जानसक्ने यसका कारण आर्थिक भार दिनानुदिन झन झन बढ्दै गएकोले यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था टड्कारो रुपमा देखिएकाले तत् पश्चात् राज्यमा आईपर्न सक्ने भयावह स्थितिलाई मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आर्कष्ण गराई सोही बमोजिमको योजना तर्जुमा गरियोस् ।
अन्त्यमा पर्यटन विकास र हालको महामारी रोग नियन्त्रणको अभियानमा राज्यसंग सदैव एकाकार भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ अगाडि सारेका होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुका समस्यालाई सरकारले यथासिघ्र सम्बोधन गर्नेछ भन्ने विश्वास लिएका छौ ।
अध्यक्ष
भिमलाल कंडेल
होटल व्यवसायी संघ बाँके नेपालगंज ।
अध्यक्ष
एक नारायण चापागाई
होटल व्यवसायी संघ बाँके कोहलपुर ।
अध्यक्ष
उमा गा्रण्डन
बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नेपालगंज ।