तंग्रिन खोज्दै तारे होटल, यसरी अपनाउँदैछन् सुरक्षा उपाय


नेपालगन्ज २५ असार :  कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी भएपछि सबै क्षेत्र ठप्प भएको छ । लकडाउनसँगै उविद्यालय, कलेज, होटललगायतका सबै व्यवसायी प्रतिष्ठानहरू सुनसान बनेका छन् ।

विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेका रहेका तारे होटलहरु सुनसान छन् । कोरोना संक्रमणको सन्त्रास फैलिएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएपछि व्यवसाय धरापमा परेको छ ।

मुख्य सिजनमै महावारी फैलिएपछि व्यवसायी चिन्तित बनेका छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेकाले यसपाली पर्यटन क्षेत्र फस्टाउने व्यवसायीले अपेक्षा गरेका थिए । भ्रमण वर्ष घोषणा भएपछि लामो समयदेखि पर्यटन क्षेत्रमा लगानी गरेका दर्जनौँ व्यवसायीले पर्यटनसँग सम्बद्ध विभिन्न क्षेत्रमा ठूलो लगानीसमेत गरेका थिए । तर, व्यवसायीले गरेको अपेक्षाभन्दा ठीक उल्टो भएपछि तनाब सुरु भएको छ ।

सरकारले घोषणा गरेको लकडाउन तीन महिना समयसम्म जारी हुँदासमेत कोरोना भाइरसको संक्रमणमा कमी नआई झन बढ्न थालेपछि व्यावसायिक वातावरण अनिश्चित भएपछि व्यवसाय धरापमा परेका हुन् ।

होटल रेष्टुरेण्ट लकडाउनका कारण बन्द छन् । कर्मचारीलाई उचित किसिमको व्यवस्थापन गर्न सकिएको छैन । पर्यटन व्यवासाय ठप्प भएकापछि यसले कालान्तरसम्म ठूलो प्रभाव पार्ने निश्चित छ ।

ठूलो आर्थिक लगानीमा सञ्चालित पर्यटन ब्यवसाय लयमा फर्कन वर्षौं लाग्न सक्छ । त्यसैलाई मध्यनजर गर्दै तारे होटलहरु सुरक्षा उपाय अपनाएर सीमित मात्रामा सन्चालन भइरहेका छन् । यसले होटल क्षेत्रमा आशाको दियो जगाएको छ । हेर्नुहोस् सिद्धार्थ बिजनेश ग्रुपले अपनाएको सुरक्षा उपाय…

प्रकाशित मितिः     4:46:48 PM  |