खजुरा गाउँपालिकाको बजेट पारित


खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज बिहीबार बसेको सभाले पारित गरेको हो । सभासद वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे ।

बजेट छ्लफलमा सभामा सभासद अतिउल्लाह खां, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले भाग लिँदै सुझाव दिएका थिए । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सभा संचालन गर्दै सभासदले राखेको जिज्ञासा मेटाएका थिए ।


प्रमुख कक्षपतिले खजुरा गाउँपालिकामा निर्वाचन ताका गरिएका १०१ बुँदा घोषणापत्रमा ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । खजुराको बजेट आर्थिक वर्ष २०७७/०७८ मा ७६ करोड ३६ लाख ७३ हजार ४८७ रहेको छ ।

यसैबीच खजुरा गाउँपालिकाको सातौं गाउँ सभामा सभासद देवीलाल खनालले अनुगमनको भत्ता कटौती गर्न राखेको प्रस्ताव सभाबाट पारित हुँदै उक्त रकम कृषिमा लगानी गरिने भएको छ । ५ लाख सम्मका योजना को अनुगमन वडा अध्यक्षको संयोजकत्वमा गरिने भएको छ ।

प्रकाशित मितिः     7:01:49 PM  |