नेपालगन्ज २७ असार : सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका अध्यक्ष हरदेवक्स चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको
छ ।
४५ करोड रकम हिनामिना गरेको आरोप लागेका चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरारर रहेको थिए ।
सहकारी र सहकारीका पदाधिकारीसंग बयान लिने क्रम चलिरहेको अवस्थामा पनि प्रहरीले उनलाई खोजीरहेको थियो ।
प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी अहिले नेपालगन्जमै रहेको विशेष सुराकीको आधारमा प्रहरीले शनिबार विहान पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।
उनका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष चौधरीलाई बाँके प्रहरीले आफ्नो नियन्त्रणमा राखि उनीमाथि प्रारम्भिक अनुसान्धान थालेको छ ।