लकडाउनले फस्टाउँदो स्वदेशी बजार, होला त निरन्तरता ?


विश्वकै अर्थतन्त्र कोरोना कहरले आक्रान्त छ । यसबाट नेपाल पनि अछूत रहन सक्ने कुरै भएन । पछिल्लो समय तिब्र गतिमा आर्थिक बृद्धि दर हाँसिल गरिरहेको नेपालले अब भने निश्तिरुपमा धम्का खाने भएको छ । कोरोना सक्रमण फैलाए सङ्गै नेपाली अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भैसकेको छ ।

यसै कारणले गर्दा नेपालको अर्थिक बृद्धि दर निकै कम हुने अनुमान नेपाल सरकारले गरेको छ । विश्व बैंक र एशियाली विकास बैंकले नेपाल आर्थिक बृद्धि कम हुुने प्रक्षेपन गरेका छन् । कोरोना सक्रमण फैलाए सङ्गै नेपाल र भारतमा लकडाऊन गरियो । जस्का कारण नेपालबाट सीमापार बजारमा गएर सिमाना किन्न जाने परम्परा तोडियो ।

यसले अहिले नेपाली उत्पादनले राम्रो बजार पाइरहेका छन् भने उपभोक्ता पनि नेपाली उत्पादन प्रति बिश्वास गरिरहेका छन् । सामान्य अवस्थामा मासिक तीन चार लाखको मसलाको कारोबार गर्ने बितरकहरु अहिले त्यहि मसला बिस देखि बाईस लाख सम्मको मासिक कारोबार गरिरहेको बताउँछन् ।

अहिले नेपालमै उत्पादन भएका बिस्कुट,साबुन, डिटाजिन पाउडर र हल्का पेय पदार्थ  ( कोका कोला ,फेन्टा, डिऊ ) जस्ता बस्तु को बिक्रि पनि गत बर्ष को तुलनामा बढ्नु भनेको एऊटा सकारात्मक सन्देश पनि हो ।

लकडाऊन हुनु भन्दा पहिला मानिसहरु सीमापार किनमेल गर्ने जानें र त्यहीबाट खाद्यान्न, तरकारी र फलफूल पनि खरिद गरेर ल्याउने चलन थियो । जस्ले गर्दा नेपाली तरकारीले बजार नपाउने अबस्था बन्यो । अहिले परिस्थिति पूरै बदलिएको छ ।

नेपालीमै उत्पादित तरकारीले बजार पनि पाइरहेको छ भने सबै भन्दा खुसीको कुरा मान्छ हरु आफ्ना करेसाबारी, घरको छतमा तरकारी फलाउन शुरु गरेका छन् । बर्षोसम्म बाँझै रहेका खेत जोति धानखेती लगाएका छन् । एकातिर यसले रोजगारी सिर्जना गरिरहेको छ भने आर्को तिर नेपाली पैसा बिदेशीन पनि रोकिराखेनछ ।

सीमापारि बजार बाट क्यारिङ गरि समान ल्याउने र त्यहि संमान देशका विभिन्न ठाउँमा पठाउने गरिन्थ्यो । जस्ले गर्दा एकातिर नेपाली उत्पादनले बजार नपाउने आर्को तिर सरकारले पनि करौडौ राजस्व गुमाउनु पथ्र्यो । आत्मनिर्भर अर्थतन्त्र निर्णय गर्ने यो एऊटा ठुलो अबसर बन्न सक्छ ।

कोरोनाको असरबाट मुक्त भए पछि नेपाल र भारत सिमालाई कसरी ब्याबस्थित गर्ने भन्ने बारे ब्यापक बहस हुन जरुरी छ । नेपाल बाट भारत जाँदा होस् भारत बाट आऊँदा सिमानाका मा सामान्य परिचय पत्र देखाएर आउन जान दिने त्यसलाई कम्पूटरमा दर्ता गर्ने जस्ले गर्दा एकजना ब्याक्ति सीमापारि दिनमा कति पटक गयो भन्ने जानकारी सजिलै थाहा हुन्छ ।

यसो गर्दा दिन भरी कैरिङग गर्ने ब्याक्ति ओहोर दोहोर गर्ने परिपाटी बन्द हुनेछ । भारत बाट नेपाल आउने ब्याक्ति को सामान्य परिचय पत्र लिँदा भोलिका दिन कुनै घटना घट्दा सजिलै उक्त व्यक्तिलाई समाउन सकिन्छ ।

नेपाली उत्पादन नेपालको बजार र नेपाली ब्याबसायीलाई बचाउने हो भने नेपाल भारत सिमानाका लाइ ब्याबस्थित गर्न जरुरी छ ब्यापक रूपमा दबाब सृजना गरौं ।

नेपाली नगएपछि भारतीय सीमावर्ती बजार ठप्प, आफ्नो फाईदाका लागि नाका खोल्न दवाव

प्रकाशित मितिः     २७ असार २०७७, शनिबार ०९:०३  |