बाँके २८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले माक्स प्रयोग नगरेका कारण पक्राउ गरेर जरिवाना बुझाउन नसकेकालाई माक्स दिएको पठाएको छ ।
जरिवाना तिर्न नसकेकालाई सर्जिकल माक्स सहित सम्झाई बुझाई गरी घर पठाएको जनाएको छ । प्रहरीले माक्स नलगाउनेलाई जनही एक सय जरिवना तिराएको छ ।
१ सय १८ जनाबाट रु ११ हजार ८ सय रुपैया जरिवाना प्रशासनलाई बुझाएको हो । माक्स प्रयोग नगरेका सर्वसाधारणलाई हप्कीदप्की गरेको भन्दै सर्बसाधारण असन्तुष्टि भएका समाचार प्रकाशित भएका छन् ।
बाँकेमा भिडभाड र नाराजुलुशलाई छुट, माक्स नलगाउनेलाई दुरी समेत कायम नगरी भ्यानमा कोचियो